Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तालमेलले जाजरकोटका दलहरू अन्योलमा

रेशम बहादुर खड्का
जाजरकोट । 
जिल्लामा दलहरू आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवार छनोट गर्दै थिए । वामपन्थीहरूको तालमेलको निर्णय अनि कांग्रेसले पनि प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर तालमेलको प्रक्रिया अगाडि बढाएपछि एकाएक देशको राजनीतिमा नयाँ मोड उत्पन्न भयो ।

केन्द्रमा दलहरूले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको गठजोड गर्न थालेपछि जिल्ला तहमा दल र नेताहरू भने अहिले अलमलमा परेका छन् । जिल्लाबाट मुख्य दलहरू कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार टुङ्गो लगाईसकेका छन् भने नेकपा एमालेले भने टुङगो लगाउन बाँकि रहेको छ । तर केन्द्रमा दलहरूबीच तालमेलको सहमति भएपछि जिल्लाका दलहरुमा यतिबेला अन्योल रहेको छ ।

केन्द्रमा एमालेसँग चुनावी तालमेलको सहमति भएपछि माओवादी केन्द्रले जाजरकोटमा यसअघि सिफारिस गरेको उम्मेदवारको सूची स्थगित गरेको छ । केन्द्रबाट तालमेलको थप खाका नआएका कारण कांग्रेस र माओवादिका जिल्ला नेता र सिफारिसमा परेकाहरू अलमलमा परेका छन् । जिल्लाबाट दलहरूले अहिले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका भए पनि अब तालमेलअनुसार निर्वाचन क्षेत्र बाँडफाँड हुने भएको छ । तालमेलको सहमतिपछि अब निर्वाचन क्षेत्र भागबन्डा हुने भएका कारण पनि सिफारिसमा परेका उम्मेदवारहरू ढुक्क छैनन् ।

सहमति अनुसार अब एमाले र माओवादीले जिल्लामा निर्वाचन क्षेत्र बाँड्ने छन् । यस्तै नेपाली कांग्रेस भने आफ्नो चुनावी प्रचार प्रसार लाइ अगाडी बढाउने भएको छ जिल्लामा निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधि सभामा सभासद राजिब बिक्रम शाह, प्रदेश सभाका लागि क्षेत्र न १ मा बेदराज शिंह र क्षेत्र न २ बाट दिपकजंग शाह सिफारिस भएका छन ।

उता बाम गठबन्धनमा निर्वाचन क्षेत्र बाडफाडको विषयमा पार्टिका शिर्ष नेताहरुबिच छलफल जारी रहेको कारण जिल्लामा भागबन्डा गर्न ढिला भएको नेकपा एमालेका पृर्व सभासद रत्न प्रसाद शर्मा न्यौपाने बताए । न्यौपानेले भने, ‘अब माओवादी सँग सल्लाह गरेर जिल्लामा तिन दिन भित्र निर्वाचन क्षेत्र बाँडफाड गर्छौ , अहिले सिफारिस भएका उम्मेदवार स्थगित गरिसक्यो ।’ केन्द्रमा भएको सहमतिअनुसार एमाले र माओवादीले जिल्लामा बराबर निर्वाचन क्षेत्र बाँडेर उम्मेदवार सिफारिस गर्ने सभासद न्यौपाने बताए । उता नेकपा माओबादी केन्द्रका नेता पुर्णदेव शर्माले अब जाजरकोट जिल्लाबाट दुई दलले संयुक्त छलफल गरेर निर्वाचन क्षेत्र र उम्मेदवारको टुंगो लगाउने बताए ।

माओवादी केन्द्रले पनि जिल्लाबाट उम्मेदवार यस अघिनै सिफारिस गरिसकेको छ । तर माओवादी केन्द्रका नेता र उम्मेदवारहरू पनि अलमलमै छन् । एमालेसँग निर्वाचन क्षेत्र भागबन्डा गर्नुपर्ने भएका कारण अहिले सिफारिस भएका उम्मेदवाहरू पनि परिवर्तन हुनेछन् । एमाले र माओवादी एक भएपछि जिल्ला बाट प्रतिनिधि सभाको लागि उम्मेदवारमा सिफारिस भएका माओवादी केन्द्रका नेता तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत अब पुन प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार बन्न सक्ने उनी निकटस्थहरू को भनाइ रहेको छ ।

कांग्रेस पनि जिल्लामा अलमलकै अवस्थामा छ । केन्द्रमा प्रजातान्त्रिक शक्तिहरु बिच तालमेलको प्रयास भैरहेकोले जिल्ला बाट सिफारीस भएका उम्मेदवारहरू पनि ढुक्क छैनन् ।

पढ्न छुटाउनु भयोकी ? 

जाजरकोटमा कुन दलको अवस्था कस्तो ?


ताजा समाचार