Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

राष्ट्रपति भण्डारीको कडा कदम : देउवालाई धक्का, नव नियुक्त मन्त्रीहरुको शपथ रोकिदिने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कडा कदम चालेकि छन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित कदम चाल्दै निर्वाचनको मुखमा मन्त्री नियुक्त गरेपछि राष्ट्रपति भण्डारीले कडा कदम चालेकि छन ।

प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्री नियुक्त गरेर सपथका लागि कार्यक्रम तय गर्न राष्ट्रपतिको कार्यालयलाई पत्र पठाएका थिए । तर नव नियुक्त मन्त्रीहरुलाई शपथ गराउने नगराउने विषयमा राष्ट्रपति कार्यालयले कानूनविद् र निर्वाचन आयोगसँग परामर्श गरेपछि मात्रै निर्णय लिने निर्णय दिएको उच्च स्रोतले जनाएको छ । देउवाले सपथका लागि तय गरेको समयमा अब राष्ट्रपति कार्यालयमा सपथ गराउने की नगराउने भन्ने बिषय अन्योल छ । राष्ट्रपति कार्यालयको उच्च श्रोतका अनुसार शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग छलफल गर्दै छिन ।

प्रमुख आयुक्त संगको भेटपछि मात्र शपथको समय तय हुनेछ । ‘कार्यकारी प्रधानमन्त्रीले थपेका मन्त्रीलाई शपथ नगराउने कुरा राष्ट्रपतिले सोच्नै नसक्ने कुरा हो’ श्रोतले भन्यो ‘तर यसबारेमा प्रमुख निर्वाचन आयुक्तले परामर्श गर्न चाहेकाले भेटपछि मात्र समय तय हुने खबर विभिन्न अनलाइनले लेखेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका चारजना मन्त्री र चारजना राज्यमन्त्री थप्दै मन्त्रीपरिषद बिस्तार गर्ने निर्णय गर्नुभएको हो ।


ताजा समाचार