Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

५५ दिने म्यादी प्रहरीको जागीरको लागी ८ सय बढीको आबेदन

कल्पना बोहरा
असोज २८, अछाम

सरकारले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि झण्डै एक लाख म्यादी प्रहरीको भर्ना खोलेपछि अछामका युवाहरु, ५५ दिने जागीरका लागी तछाडमछाड गरीरहेका छन् । हाल सम्म अछाम जिल्लामा आठसय वढिले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

म्यादी प्रहरी बन्नका लागि मंगलवारदेखि असोज ३० गते सम्म दरखास्त दिन सकिने समय तोकीएसंगै दरखास्त दिने युवाहरुको भिडभाड बढेको हो । जिल्ला प्रहरी कार्यालय अछाममा सुक्रवार पनि म्यादी प्रहरीमा भर्नाका लागी दरखास्त दिने युवाहरुको थेगी नसक्नु भिड रहेको थियो । सरकारले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोलेसंगै जिल्ला प्रहरी कार्यालय अछाममा युवाहरुको भिड लागेको हो ।

बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवालाई म्यादी प्रहरीको भर्ना खुले संगै राहत मिलेको छ । अघिल्लो पटक भएको संबिधान सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनका बेला पनि अछाममा म्यादी प्रहरीमा भर्ना हुन आउनेहरुको घुईचो लागेको थियो । तर यसपटकको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुन आउनेहरुको भिड अझ बढेको अछामका प्रहरी प्रमुख डियस्पी दधिराम न्यौपानेले वताउनु भयो ।

चर्को घाममा घण्टौं लाईन बसेर युवायुवतीहरु म्यादी प्रहरीका लागि आवेदन दिइरहेका छन् । रोजगारीको अवसर नपाएर फुर्सदीलो दैनीकी विताईरहेका बेला ५५ दिनको जागीर पनि ठुलो अवसर बनेको म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीहरुको भनाईरहेको छ । तर ५५ दिनको जागीर पछि फेरी रोजगारीका लागी भौतारीनुपर्ने समस्या आउनेमा भने उनिहरु ढुक्क छन् ।

धेरै बेरोजगारीको पिडालाई भुल्न म्यादीमा भर्ना हुन ईच्छुक देखीएपनि कतिपयले भने सुरक्षा निकायमा सरकारी जागीरे बन्नका लागी अनुभव लिन पनि म्यादीमा दरखास्त दिन आएको बताएका छन् । १८ बर्ष पूरा भइ ५४ बर्ष ननाघेकोले म्यादी प्रहरी बन्न् पाउने उमेरहद तोकिएको छ । म्यादी प्रहरीका लागि ५५ दिनको तलव, दैनिक विशेष भत्ताको व्यबस्था गरिएको छ । कार्तीक १० गते सम्म म्यादी प्रहरीको छनौट सम्पन्न गरीसक्नुपर्ने छ ।

 


ताजा समाचार