Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

घरदैलोमा सामाजिक सुरक्षा रकम वितरण गर्दै जनप्रतिनिधि


रेशम बहादुर खड्का
जाजरकोट २८, असोज । जुनिचाँदे गाउँपालिका वडा न १ का वर्षीया भिउसिङ बुढा जहिले पनि जेष्ठ नागरिकले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता लिनका लागि सकिनसकी साबिकको गाविस कार्यालय मजकोट पुग्थे । बुढेसकालमा हिड्न नसक्ने बुढा लाई एकजना साथी नभई हुदैन्थ्यो । दिन भरी हिडेर हैरान हुने बुढा धौधौ आफ्नो घर फर्किन्थिन । यो पटक भने उनलाई घर छोडेर जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षाको भत्ताको लागि कतै जानु परेन ।

जुनिचाँदे गाउँपालिकाका भित्रका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई घरमै बुझाउने नीति अनुरुप वडा न १ वडा अध्यक्ष चन्द्र बहादुर शाही भिउसिङको घरमै गएर उनले पाउने ८ हजार रकम बुझाएका छन् । आफनो घरमै वडा का अध्यक्षबाट जेष्ठ नागरिक भत्ता पाएपछि खुसी भएको बताए । पहिला पहिला कहिले काही पाइदैन्थ्यो, पाए पनि धेरै समय कुर्नुपर्ने हुन्थ्यो, अहिले घरमै पैसा पाइयो, सधै भरि आफुहरुलाई यसरी नै जेष्ठ नागरिक भत्ता घरमै दिए धर्म लाग्ने थियो । उनले भने वडा ले वितरण गर्ने सामाजिक सुरक्षाको रकम नियमित रुपमा घरमै पुरयाएमा जेष्ठ नागरिकहरु प्रतिकोे सम्मान हुने शाहिले बताए ।

जुनिचाँदे गाउँपालिका वडा न १ कि कनदरी कार्की पनि घरमै सामाजिक सुरक्षाको पैसा पाउँदा निकै खुसी भएको बताउछिन् । राज्यले माया गरेर दिएको रकम जनप्रतिनिधिहरुले घरमै पुर्याउँदा सजिलो भएको छ, यस्तो ब्यवस्था मिलाउने वडा न १का वडा अध्यक्ष चन्द्र बहादुर शाहि प्रेम बहादुर कार्की कृष्ण बहादुर के सि लगाएत सबै प्रति धन्यवाद दिन चाहन्छु” उनले भनिन ।

विगतका समय भन्दा फरक पन दिन र नागरिकहरुलाई प्रत्यक्ष राहतको महशुस गराउँनका लागि सामाजिक सुरक्षा भत्ता वापतको रकम घरमै पुगेर सम्बन्धित ब्यक्तिलाई बुझाउने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले बताए । “विगतका वर्षहरु नजिकको आफन्त तथा नातेदारले बुझेर सम्बन्धित ब्यक्तिलाई नदिने, जेष्ठ नागरिकको उपचार तथा अन्य सेवाका लागि दिइने भत्ता वापतको रकम अन्यत्र खर्च हुने गरेको जनगुनासो आयो, यसले गर्दा सम्बन्धित ब्यक्ति भन्दा अरुले खर्च गर्ने चलन बढेको र उनीहरुको हातमा नपर्ने देखिएकोले यो पटक देखि हामीले सवैको घरघरमा गई सम्बन्धित ब्यक्तिलाई दिने योजना अनुसार सबैलाई घरमा गएर वितरण गरेका छौ” उनले भने । दलित बालबालीकाले पाउने रकम आमा र बाबुलाई दिने र यस बाहेक जसको नाममा रकम निकाशा हुन्छ उसलाई मात्रै बुझाइने गाउँपालिकाका अध्यक्ष के सि बताए । जुनिचाँदेको सबै वडामा सामाजिक सुरक्षा भत्ता बितरणमा पारदर्शीक तरिकाले काम सम्पन्न गर्न समेत निर्देशन दिए ।

वडा न १ भित्र रहेका जेष्ठ नागरिक अन्यलाई प्रति महिना एक हजार उपचार खर्च सहित २ हजार, दलित जेष्ठ नागरिकलाई २ हजार, एकल महिलालाई १ हजार, विधुवा महिलालाई १ हजार, पुर्ण अपाङ्गगलाई २ हजार, आंसिक अपाङ्गलाई ६ सय, पाँच वर्ष मुनीका दलित बालबालीकालाई ४ सयका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जुनिचाँदे गाउँपालिकाका लेखा साहएक प्रेम बहादुर कार्कीले जानकारी दिए ।

साथै उक्त वडामा २०७४ साउन देखि २०७४ कार्तिक सम्म ११ लाख २१ हजार ४ सय रकम बितरण गरिएको सामाजिक वडा सचिव अधिकारीले बताए ।

जनप्रतिनिधीहरुले वडा भित्र रहेका जेष्ठ नागरिकलाई उनिहरुले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता वुझाउन घरदैलोमा पुग्ने गरेका हुन । वडा भित्र भएका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वुझाउन वडा अध्यक्ष र कर्मचारीहरु गाँउ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको कार्यकारि अधिकृत बखत खडकाले बताए ।


ताजा समाचार