Loading... आजः सोमवार, कार्तिक १०, २०७७

विद्युत महसुल अनलाइन मार्फत बुझाइने

असोज २७, बांके । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत महसुल सेवालाई शुक्रबारदेखि अनलाइनसँग जोडेकोछ।

अनलाइन विद्युत महसुल सेवाका लागि अहिले प्रभु बैंक, ई-सेवा प्रालि,पे-प्वान्ट प्रालि,सि.एफ.एस रेमिट प्रालि, महालक्ष्मी विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिटि एक्सप्रेस, हिमालयन बैंकका जुनसुकै शाखामार्फत उक्त सेवा पाउन सकिने कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए।

उनका अनुसार, तीन महिनासम्म बक्यौता रहेका ग्राहकले १ लाख भन्दा कम महसुल रकम अनलाइनमार्फत बुझाउन सकिने छ ।
ग्राहकले बिहान ८ बजेदेखि राती १२ बजेसम्म अनलाइन मार्फत सो भुक्तानी गर्न सकिने वितरण केन्द्र प्रमुख लामिछानेले जानकारी दिएका छन्। हाल ८ वटा ती बैंकिङ्ग तथा इ-सेवाका जुनसुकै शाखाबाट सो सेवा लिन सकिने बताउदै प्रमुख लामिछानेले यो मार्फत हुने भुक्तानी पुर्णतया सुरक्षित रहनेमा विश्वस्त रहन ग्राहक वर्गमा आग्रह समेत गरेेका छन् ।

यो सेवाको थप विस्तारका लागि पहल गरि रहेको बताउदै वितरण केन्द्र प्रमुख लामिछानेले ग्राहक वर्गलाई यो सेवाबारे जानकार बनाउने कार्यमा अब केन्द्रित भएको बताए ।

सेवा साझेदार संस्थाहरु संग हामी कुरा गरि रहेका छौं, छिट्टै उहाँहरुमध्ये बाट उपलब्ध प्रतिनिधिलाई यहीँ हाम्रो बिल काउन्टर फाँटमै खटाएर ग्राहकहरुलाइ सो सेवा प्रयोग विधीबारे जानकार गराउने योजनामा छौं- प्रमुख लामिछानेले भने।

अनलाइन सेवाबाट उक्त वितरण केन्द्र अन्तरगतका ३० हजार बढी ग्राहकहरु लाभान्वित हुने छन् । राष्ट्रिय योजना अन्तरगत उक्त सेवा थालनीले ग्राहकहरुलाई थप सुविधा दिदै इ-पेमेन्ट सेवामा प्रवर्द्धन हुने प्राधिकरणले जनाएको छ।

 


ताजा समाचार