Loading... आजः आइतवार, कार्तिक १६, २०७७

शिक्षककाे टिमलाई सुपर-८ क्रिकेट प्रतियोगिताकाे उपाधि

कोहलपुर । मध्य पश्चिम क्रिकेट क्लबकाे अायाेजनामा भएको सुपर-८ क्रिकेट प्रतियाेगिता अन्तरगत तेस्रो तथा अन्तिम खेलमा शिक्षकहरूकाे टिम २ विकेटले विजयी भएकाे छ ।

कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेेट मैदानमा शुक्रबार सम्पन्न खेलमा टस जितेर ब्याटिङ गर्न मैदानमा उत्रिएको ब्यापारीकाे टिमले निर्धारित १२ अाेभरकाे खेलमा ७ विकेट गुमाउँदै ८१ रन बनायाे जसका लागि प्रभात भारतीले २० रन, विजय काेइरालाले १९ र शशी थापाले १५ रनकाे याेगदान गरेका थिए । बलिङतर्फ शिक्षक टिमका गाेपालले ३, अजय सहानीले २, हाेमेन्द्र क्षेत्री र राम गाैतमले समान १-१ विकेट लिएका थिए ।

८२ रनको लक्ष्य पाएको शिक्षक टिमले अन्तिम अाेभर सम्म खेल्दै लक्ष्य पूरा गर्याे जसका लागि हाेम बहादुर सुनारले अविजित ३५ रन बनाएका थिए भने हाेमेन्द्र क्षेत्रीले १४ र महेश भट्टराईले १२ रनको याेगदान गरेका थिए । ब्यापारी टिमका बलरहरू दिपेन्द्र थापा, विष्णु बन्जाडे र छवि जाेसिले समान १-१ विकेट हात पारेका थिए ।

विजयी सगैँ शिक्षककाे टिमले प्रतियोगिता २-० ले जितेकाे छ । यस अघि भएकाे पहिलो खेलमा शिक्षकको टिम विजयी भएकाे थियाे भने दाेस्राे खेल बराबरीमा टुङ्गिएकाे थियाे ।

प्रतियोगितामा मध्य पश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापा, नेपाली क्रिकेट टिमका पुर्व कप्तान एलवि क्षेत्री, नविल बैंकका अपरेटर म्यानेजर छवि जाेसि लगाएतकाे उपस्थिति रहेको थियाे ।


ताजा समाचार