बाम गठबन्धनबाट बाहिरियो नयाँ शक्ति, यस्तो छ कारण
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसंगको बाम गठबन्धनबाट नयाँ शक्ति पार्टी बाहिरीएको छ । गठबन्धन बाट नयाँ शक्ति बाहिरीए संगै चुनावी तालमेल नहुने भएको छ ।
शुक्रबार बसेको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिन्हबाट चुनाब लड्ने निर्णय गरेको हो । उस्ले यसअघि एमालेको चुनाव चिन्ह सूर्य चिन्हमा चुनाव लड्ने सहमति जनाउदै सामेल भएको थियो ।
पहिलेको सहमती बिपरित एमाले र माओवादी गएको भन्दै आँखा चिन्हमा चुनाव लड्ने निर्णय गरेको हो । बैठकले गठबन्धनबाट बाहिरिने नबाहिरिनेबारे स्पष्ट नबताए पनि बैठकपछि जारी विज्ञप्तिमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समाबेशितालाई अस्विकार गर्ने दल र ब्यक्तिबाहेक सवैसँग तालमेल गर्ने उल्लेख छ ।
बैठकले प्रतिनिधिसभाका लागि ५ ठाउँबाट उम्मेदवार सार्वजनिक गर्दै बाँकी ठाउँमा तालमेल गर्ने र तालमेल नभएका सवै ठाउँमा पार्टीका तर्फबाट उम्मेद्वार उठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले बाबुराम भट्टराई गोर्खा २ बाट कृष्णकुमार चौधरी कैलाली ३ बाट, दानबहादुर चौधरी कपिलबस्तु १ बाट तथा प्रेम तामाङ्ग रसुवा र मदन राई खोटाङ्गबाट उम्मेद्वार बने निर्णय पनि गरेको छ ।
नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठले एमाले र माओवादी केन्द्रसँगको एकता संयोजन समिति भने कायमै रहेको बताएका छन । तालमेल नभएका सवै ठाउँमा पार्टीले उम्मेद्वार उठाउने निर्णय भएको उनले बताए ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी र एमालेले त्यसो गर्न नसकिने बताएपछि नयाँ शक्ति असन्तुष्ट बनेको छ।