Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बुम रेमिट क्रिकेट शृङ्खला मध्य-पश्चिमलाई

काेहलपुर । बुम रेमिट यु-१४ टि-२० क्रिकेटकाे दाेस्राे खेलमा १७ रनकाे विजयी प्राप्त गर्दै मध्य-पश्चिम क्रिकेट क्लब काेेहलपुुरले शृङ्खला २-० ले कब्जा गरेको छ ।

शृङ्खला अन्तरगत शुक्रबार सम्पन्न दाेस्राे खेलमा माछागड क्रिकेट क्लब बर्दिया विरूद्ध टस जितेर पहिला ब्याटिङ गरेकाे मध्य पश्चिमले १४ अाेभरमा छाेट्याईएकाे खेलमा ३ विकेट गुमाएर ९२ रन बनायाे । जसका लागि अनुराग वली र जनक पछाईले समान २९ रन बनाएका थिए । बलिङतर्फ माछागडका युवराज खत्रीले २ विकेट हात पारे ।

९२ रनकाे विजयी लक्ष्य पाएर मैदान उत्रिएको माछागडले १० विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्याे ।

माछागडकाे ब्याटिङ धरासायी पार्ने क्रममा मध्य पश्चिमका बलर राेहित सापकोटा, अनुराग वली र अायुस्मान बस्नेतले समान ३-३ विकेट लिए ।

उक्त खेलकाे म्यान अफ द म्याच मध्य पश्चिमका अनुराग वली घाेषीत भए । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान दिलिप सुनार, उत्कृष्ट बलर र खेलाडी राेहित सापकोटा घाेषित हुँदा इमर्जिङ खेलाडी मध्य पश्चिमका राेनक पराजुली र माछागडका अादर्श थापा घाेषित भए । पहिलो खेलमा मध्य पश्चिम ७२ रनले विजयी भएकाे थियाे ।


ताजा समाचार