Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाललाई १९५ रनको लक्ष्य

असोज २७, काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले १९५ रनको लक्ष्य पाएको छ ।

निर्धारित ५० ओभरमा हङकङले सबै विकेट गुमाउँदै १९४ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पापाएको हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रन  बनाएका थिय ।

त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।

बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै तीन विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट तथा सुशन भारीले एक विकेट लिए । नेपालि टोलिले अहिले ब्याटिङ सुरु गरेको छ ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबार खेल्ने छ ।


ताजा समाचार