पठाई रह्यौ याद लगातार (गजल)
१.
लगातार बद्लिरहन्छन बानी भएकाहरु ।
जवानि बेचेर पैसामा खरानी भएकाहरु ।
बहुत ठूलो कुरा गर्छन यार गाउँ आएसी
दुई चार बर्ष बाँस राजधानी भएकाहरु ।
खुब इज्जतको धमका देलान जस्तो छ
ठेकीभित्र पेलि हिजो मदानी भएकाहरु ।
खुसी छु भन्दै हिडेको देख्छु मेरो जस्तै
नयन भरी हो छलछल पानी भएकाहरु ।
“समर्पण” सरि धेरै भेटिन थाले सफरमा
चर्केको सिशा झै जिन्दगानी भएकाहरु ।
२.
अन्तै दिएर साथ लगातार ।
पठाई रह्यौ याद लगातार ।
जुन दिन म बाट दुर गयौ
भो भट्टिमा, बाँस लगातार ।
तिम्रो तस्बिर हेर्दा हेर्दै यहाँ
भइदिन्छ प्रभात लगातार ।
सताउने ती यादहरु भुल्न
पिइरहन्छु सराब लगातार ।
कुनै दिन “प्रकाश”कै लागि
लाग्ला पश्चाताप लगातार ।
३.
पहाडको टुप्पामा छ सुन्दर जाजरकोट ।
सँधै यी आखाँमा छ सुन्दर जाजरकोट।
चाखुरे लेक, बारेकोटतिर फाँटहरु हेर्दा
बेग्लै परिभाषामा छ सुन्दर जाजरकोट ।
यहीँ माटोको माया बोकेर हिडिरहन्छु
सँधै मेरो चाहामा छ सुन्दर जाजरकोट ।
रमणीय दृश्य प्रकृतिको बरदान जस्तै
अनेक धरोहरामा छ सुन्दर जाजरकोट ।
तिमी जे सुकै भन मित्र म त यहि भन्छु
फुलको, थुंगामा छ सुन्दर जाजरकोट ।
प्रकाश शाही ” समर्पण “
भेरी नगरपालिका – ६ गंगटियाँ जाजरकोट
हाल – सुर्खेत