Loading... आजः शनिबार, मंसिर ११, २०७८

अछाममा किशोरी गर्भवती बढ्दै


कल्पना बोहरा, असोज २६, अछाम

२० वर्ष मुनिको विवाहलाइ कानुनले बन्देज गरे पनि अछाममा भने किशोरावस्थामा गर्भवती किशोरीको संख्या वर्षेनी बढ्दो क्रममा छ । उमेर नपुगी विहे गर्ने चलन नहटेका कारण किशोरावस्थामा गर्भवती हुने किशोरीको संख्या बढेको हो ।

गत आर्थीक वर्षमा जिल्लाभर सात हजार तिन सय १५ महिलाले गर्भ जाँच गराएको र त्यसमा चौध सय ६ जना महिला २० वर्ष मुनिका किशोरी रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ । प्रोटोकल अनुसार ४ पटक गर्भवर्ती जाँच गर्ने चार हजार ६१७ जना गर्भवती मध्ये सात सय ५९ जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा सात हजार सात सय १ जना गर्भवतीले जाँच गराएकोमा चौध सय पन्ध्र २० वर्ष मुनिका गर्भवती किशारी थिए । त्यसै आर्थिक वर्ष २०७२/७३ मा सात हजार छ सय उनासत्तरी जनाले गर्भवती जाँच गराएको मध्ये सोह्र सय ७७ जना २० वर्ष मुनिका थिए ।

सानो उमेरका विवाहमा गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएता पनि किशोरावस्थामा गर्भधारण गर्नेको संख्या घट्न सकेको छैन ।

अघिल्लो वर्षे भन्दा केहि संख्या घटे पनि बालविबाह गर्नेको संख्या भने घट्न सकेको छैन । गर्भ जाँच गर्न आउदा वास्तविक उमेर नबताउने गर्भवती किशोरी पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामकी सिनियर अनमी ज्ञानु माझीले बताइन् । ‘ १६/१७ वर्षका, कलीलो उमेरका किशोरीहरु वास्तविक उमेर बताउँदैनन्,२० वर्ष भन्दा बढि नै भन्छन् ।’उनले भनिन्,‘आफै बच्चा उमेरका किशोरीहरु गर्भ जाँच गराउन आउछन् तर वास्तवीक उमरे बताउन चाहदैनन् ।’

वास्तवीक उमेर नभन्नेहरु धेरै भएका कारण गर्भवती किशारीको संख्या बढ्न सक्ने उनले बताइन् । बालविवाह नियन्त्रण नर्गदा सम्म यो समस्या वर्षेनी गर्भवती किशोरीको संख्या बढ्दै जाने जिल्ला स्वास्थ्य कार्यालय अछाममा प्रमुख झनक ढुंगानाले बताए ।

उनका अनुसार किशोरावस्थामै गर्भवती हुँदा गम्भीर स्वास्थ्य समस्या देखीने गरेको छ । धेरै किशोरी गर्भवती सामान्य तरीकाले बच्चा जन्माउन सक्दैनन्, धेरैको शल्यक्रीया गर्नु पर्ने अवस्था आउछ । यसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा ठुलो समस्या आउछ ।’ स्वास्थ्य कार्यालयका प्रमुुख ढुंंगानाले भने ,‘दुर्गमका स्वास्थ्य चौकिमा शल्यक्रीया गर्ने दक्ष स्वास्थ्यकर्मिको अभाव र उपकरणको कमिले समस्या थपेको छ । जिल्लाभर प्राविधिक तर्फ ७२ जना स्वास्थ्यकर्मि रीक्त भएकाले सेवा प्रभावीत भएको र शल्यक्रीया गर्नु पर्ने अवस्थाकाका गर्भवती र अन्य विरामिलाइ अप्ठ्यारो भएको ढुंगानाले बताए ।

उमेर नपुग्दै कानुनी रुपमा दण्डनीय भए पनि जिल्लामा बालविवाह नियन्त्रण गर्ने कुनै निकाय छैन । हाल सम्म बालविबाह गर्ने कती छन् भन्ने तथ्याङ्क समेत भेटिदैन । बालबालीकाको क्षेत्रमा काम गर्ने वाक नेपाल,सेभ द चिल्ड्रेन, पिस्विन, वल्ड भिजन लगायतका गैरसरकारी संस्था महिला तथा बालबालीका कार्यालय लगायतका सरकारी कार्यालयसंग पनी जिल्लामा बालविबाह गर्नेको संख्या र अवस्था कस्तो छ भन्ने कुनै रेकर्ड छैन ।

यी कार्यालयहरुले बालविबाह कम गर्न जनचेतनामुुलक कार्यक्रम संचालन गरे पनि प्रभावकारी बन्न सकेको छैन ।


ताजा समाचार