Loading... आजः बिहिबार, अशोज ७, २०७८

यु-१४ क्रिकेट शृङ्खला काेेहलपुुरमा शुुरू

काेहलपुर । काेहलपुरमा अाजबाट शुरू भएकाे बुम रेमिट यु-१४ टि-२० क्रिकेट शृङ्खला अन्तरगतकाे पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लब विजयी भएकाे छ ।

ढिलाे शुरू भएको खेलमा माछागड क्रिकेट क्लब बर्दिया विरूद्ध टस जितेर पहिला ब्याटिङ गरेकाे मध्य पश्चिमले निर्धारित १२ अाेभरकाे खेलमा ३ विकेट गुमाएर १ सय १९ रन बनायाे । जसका लागि दिलिप सुनारले अविजित ५४ र राेनक पराजुलीले ३० रन बनाएका थिए ।बलिङतर्फ माछागडका युवराज खत्रीले २ विकेट हात पारे ।

१ सय २० रनकाे विजयी लक्ष्य पाएर मैदान उत्रिएको माछागड पुरै अाेभर खेल्दै १० विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्याे । माछागडकाे ब्याटिङ धरासायी पार्ने क्रममा मध्य पश्चिमका बलर सुजन श्रेष्ठले ४ र राेहित सापकोटाले ३ विकेट लिए ।

उक्त खेलकाे म्यान अफ द म्याच मध्य पश्चिमका दिलिप सुनार र सुजन श्रेष्ठ घाेषीत भए ।

पहिलो खेलकाे जित सगै शृङ्खलामा मध्य पश्चिम १-० ले अगाडि भएको छ र दाेस्राे खेल भाेली शुक्रबार हुने क्लबले जनाएको छ ।


ताजा समाचार