Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

जाजरकोटका ५ स्थानिय तह पिछडिएको क्षेत्र घोषणा

जाजरकोट । देशभर निर्वाचन प्रयोजनका लागि पिछडिएको क्षेत्र घोषणा गर्दा जाजरकोट जिल्लाबाट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिका पिछडिएको क्षेत्र घोषणा भएका छन् ।

सरकारले देशभरका ५७ स्थानीय तहलाइ पिछडिएको क्षेत्र घोषणा गरेसँगै यी स्थानिय तहहरु पिछडिएको क्षेत्र घोषणा भएका हुन् भने भेरीनगरपालिका र त्रिवेणी नलगाड नगरपालिकालाई सुगम भन्दै पिछडिएको क्षेत्रबाट हटाइएको छ ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ ।

आयोगले सिट घोषणा गर्दा दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ ।

हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक-फरक छ । प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् । तर प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छन् ।


ताजा समाचार