प्रहरी दिवसकाे अवसरमा मैत्रिपुर्ण ब्याडमिन्टन खेल सम्पन्न
जाजरकाेट, असाेज २६ । ६२अाैं प्रहरी दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटकाे अायाेजनामा खलंगा स्थित कारागारकाे काेर्टमा मैत्रिपुर्ण ब्याडमिन्टन खेल सम्पन्न भएकाे छ ।
अाज सम्पन्न खेलमा पत्रकार समुह बाट विर बहादुर गिरि र पवन शर्मा, स्थानीय युवासमुह बाट सन्जन मल्ल र विपिन भडेल त्यस्तै नेपाल प्रहरीबाट किशाेर के. सि, विक्रम बुढाथाेकी, रामकुमार चाैधरी र मधुसुधन न्याैपानेकाे सहभागीता रहेकाे थियाे ।
उक्त खेलमा रामकुमार चाैधरी र मधुसुधन न्याैपानेकाे टाेली प्रथम र सन्जन मल्ल र विपिन भडेलकाे टाेलीले दाेस्राे स्थान हासिल गरेका थिए ।
स्थानीयहरुकाे समान सहभागीताकाे लागि जनप्रतिनिधि र स्थानीयहरुलाई खबर गरिएको र कार्य ब्यस्तताका कारण उपस्थित नभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले मन्दिरको समेत सरसफार्इ गरेको थियोे ।