Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

नेपाल ताजिकिस्तानसँग ३–० ले पराजित

काठमाडौं  । एएफसी एसिया कप २०१९ छनोट अन्तर्गतको खेलमा ताजिकिस्तानसँग नेपाल ३–० ले पराजित भएको छ ।

ताजिकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा मंगलबार राती भएको खेलमा ताजिकिस्तानले नेपाललाई पराजित गरेको हो । तीनै गोल पेनाल्टीमा भएका थिए । ताजिकिस्तानले २०, ६० र ८७ औँं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।

ताजिकिस्तानसंगको खेलमा नेपालको कप्तानी विराज महर्जनले सम्हालेका थिए । छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै नेपाल समूह एफको अंकतालिकामा पुछारमा छ ।

भदौ २० गते काठमाडौंमा भएको खेलमा नेपालले घरेलु मैदान पनि २-१ को हार व्यहोरेको थियो । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।


ताजा समाचार