Loading... आजः सोमवार, कार्तिक १०, २०७७

बैतडीमा बाबु छोरी चुनावी मैदानमा, छोरी प्रतिनिधिसभा, बाबु प्रदेशसभाको उम्मेदवार 

बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा बाबू छोरि उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको उम्मेदवारको रुपमा गोपाल चन्द(बाबु) र रेणु चन्द(छोरी) उम्मेदवार बनाएको हो ।
बाबु चन्दलाई बैतडी क्षेत्र नं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ भने रेणु चन्दलाई प्रतिनिधि सभाको समानुपाति तर्फको उम्मेदवार बनाइएको छ ।
दुवै जनाको पार्टीमा योगदान रहेकाले उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले बताए । गोपाल चन्द पार्टीको पुराना नेता हुन् ।

प्रतिनिधिसभाका लागि समानुपाति उम्मेदवार बन्नुभएकी रेणु चन्द माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य पनि हुन । रेणुले बाबु र छोरी उम्मेदवार बनेर भोट माग्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको बताइन ।

युद्धमा आफू र बाबुसँगै काम गरेकाले अहिले पार्टिले मुल्याङकन गरी उम्मेदवार बनाएकोले निकै खुसी भएको उनले बताइन ।

प्रदेशसभाका लागि क्षेत्र नं २ बैतडीबाट माओवादी केन्द्रका उम्मेदवार गोपाल चन्दले पनि पार्टीले योगदानको मुल्यांकन गरेका कारण आफूहरुले टिकट पाएको बताए ।

रेणु चन्द २०६४ सालको संविधानसभाको चुनावमा बैतडी क्षेत्र नं २ मा निर्वाचित भएकी थिइन ।


ताजा समाचार