Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

हङकङविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलिको विदाई

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध खेल्ने नेपाली टोलिलाई विदाई गरिएको छ । आगमी सुक्रवार र आइतवार हङकङविरुद्ध खेल्ने नेपाली टोलीको विदाई गरिएको हो ।

मंगलबार प्रस्थान गर्ने १४ सदस्यीय नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका हुन । नेपालले छैठौ चरणको खेल अन्तर्गत आयोजक हङकङसंग प्रतिप्रर्धा गर्न लागेको छ । च्याम्पियनसिपमा नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको नेपाल छैटौ स्थानमा रहेको छ ।

हङकङ १० खेलबाट ११ अंक जेडेर पाँचौ स्थानमा रहेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नै पर्ने दवावमा छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनु पर्ने छ । च्याम्पियनसिपमा च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन् ।

हङकङसँगको खेलका टोलीमा पर्ने खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् ।

त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम रहेका छन् ।


ताजा समाचार