Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

राप्ति किनारमा पेट्रोलको खानि भेटियो

दाङ । दाङको राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ भेटिएको छ । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने किनारामा पेट्रोलियम भेटिएको हो ।

स्थानियले नदी बागरमा ग्याँस निस्कएको र आगो समेत बलेको भेटाएका थिए । त्यसपछि आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागमा जानकारी गराएका थिए । सथानियको जानकारी अनुसार विभागका उपमहानिर्देशक सुधीर रजौर सहितको टोलीले अध्ययन गरेर पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको छ ।

विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको छ । यस्को विस्तृत अध्ययन गरेपछि मात्र कुन ग्यास हो भन्ने पत्ता लाग्ने उपमहानिर्देशक रजौरेले बताए ।

उनले भने ‘स्थलगत अध्ययन र परीक्षणले यो क्षेत्रमा पेट्रोलियम पदार्थको खानी छ भन्ने देखाएको छ’, ‘विस्तृत कुरा हामी अहिले नै भन्न सक्ने अवस्था छैनौं । बगरमा जमिनमुनिबाट निस्किएको ग्यास यो मिथेन हो कि पेट्रोलियम ग्यास हो भन्ने अध्ययनपछि मात्र यकिन गर्न सकिन्छ ।’

काठमाडौंमा निस्किएजस्तै हो भने मिथेन र त्यो होइन भने दैलेखको जस्तै पेट्रोलियम ग्यास हुन सक्ने विभागको टोलीले भनेको छ । अव यस्को विस्तृत अध्ययनका लागि विभागबाट दक्ष प्राविधिक सम्मिलित टोली आउने जनाइएको छ ।

राप्ती किनारमा पेट्रोलियम भएको खुलेपछि दाङवासी हर्सित भएका छन् । यसको उत्खनन हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।


ताजा समाचार