Loading... आजः शनिबार, कार्तिक ६, २०७८

पहाड चिकित्सक संघले भन्यो,”चिकित्सकमैत्री कानुन लागु गर”

असोज २४,काठमाडौ । देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु माथि हातपात हुने क्रम बढ्दो छ |

भर्खरै मात्र महाकाली उपक्षेत्रिय अस्पतालमा डा. सत्य कोइराला र टिममाथि हातपात भयो | धरान अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार भयो | केहि महिना अघि सुनिल कुमार शाह पनि यस्तै विकृतिको सिकार हुन पुगे | चिकित्सकहरुमाथि बढ्दै गरेको यस विकृति प्रति पहाड चिकित्सक संघले खेद प्रकट गरेको छ |

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,” नेपाली चिकित्सकहरुमाथि बढ्दो हिंसा प्रति हाम्रो संस्था घोर भत्सर्ना एवम् निन्दा गर्दछ | ” पहाड चिकित्सक संघले मनोवल घट्दै गरेको चिकित्सकहरुको आत्मसुरक्षाको ग्यारेन्टी गर्ने कडा कानुन लागु नगरे कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ |


ताजा समाचार