Loading... आजः शुक्रबार, असार ४, २०७८

गाउँ-नगरमा शाखा खोल्छौ : अध्यक्ष खत्री


रेशम खड्का
जाजरकोट, २३ असोज । जाजरकोट उद्योग वाणिज्य संघले स्थानीय तह अनुसार गाउँ तथा नगरमा शाखा विस्तार गर्ने भएको छ । संघका नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर खत्रीले सोमबार जाजरकोट खलंगामा मतदाताहरुलाई धन्यवाद दिँदै उद्योग वाणिज्य संघको शाखा विस्तार गर्ने प्रतिवद्धता जनाएका थिए ।

आफुले नेपालि काङग्रेस र माओवादि केन्द्र बिचको गठबन्धन संग कडा प्रतिसप्रर्धा गरि बिजय भए लगतै आफ्नो कार्यकाल जिल्लामा रहेका उद्योगि व्यवसायिक हरुलाई सेवा प्रवाह गर्न गाउँपालिका नगरपालिकामा शाखा बिस्तार गर्न आफ्नो पहिलो काम हुने बताएका हुन । साथै खलंगामा अवैधानिक तरिकाबाट सामान बिक्रिवितरण गर्ने कुम्ले व्यवसायिहरुलाई रोगथाम गर्न भुमिका र्निवाह गरि निश्चेत गरिने अध्यक्ष खत्रिले बताएका छन ।

जाजरकोट जिल्लामा रहेको क्षमतावान व्यरोजगार युवा युवतिहरुका लागि सम्वन्धित निकायहरु सँग समन्वय गरि लघु उद्यम संम्वृद्ध जिल्ला निर्माण गर्न उद्योग बाणिज्य सधै लागीपर्ने समेत बताएृतिक श्रोत साधनको समुचित उपयोग गर्दै रोजगारका अवसरहरु र्सिजना गर्न लघु , साना, मझौला ,उद्योग स्थापना गर्न स्थानिय तहहरु सगँ समन्वय गरि उपयुक्त स्थान छनोट गरी प्रकृया अगाडि बढाउन पहल गर्ने लगायतका प्रतिवद्धताहरु लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोले आफनो कार्य कालमा आफुले गरेका प्रतिबद्धताहरुलाइ पुरा गर्ने समेत अध्यक्ष खत्रिले बताए सोमबार खलंगाम बिजय र्यालिमा खलंगा बजार भरिका उद्योगिहरुले अबिर माला र खादा लगायर स्वागत गरिएको
थियो ।

यो पनि पढ्नुहोस

जाजरकोट उद्योग वाणिज्य संघकाे अध्यक्षमा कर्ण बहादुर खत्री


ताजा समाचार