Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

पत्रकार गिरि र बिष्ट सभासदमा सिफारिस

असाेज २४, जाजरकाेट । प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष विर बहादुर गिरि प्रदेश समानुपातिक सभासदमा सिफारिस भएका छन् ।

सोमबार बसेको चौतारीकोे केन्द्रीय सचिवालय बैठकले प्रदेश नं. ६ बाट समानुपातिक सभासदको लागी गिरिलाई सिफारीस गरेको हो । गिरि बिगत लामो समय यता दुर्गम जाजरकोटलाई कार्य क्षेत्र बनाएर पत्रकारीता गर्दै आएका छन् ।

प्रेस चौतारीका ६ नं. प्रदेशका संयोजक समेत रहेका गिरि विगत २० बर्ष देखि यो क्षेत्रमा क्रियासिल रहेका छन् । उनी नेपाल टेलिभिजन, राजधानी दैनीक लगाएत विभिन्न मिडियामा आबद्ध छन् ।

त्यस्तै बैठकले केन्द्रीय महिला उपाध्यक्ष टिका बिष्टलाई पनि प्रदेश समानुपातिक सभासदमा सिफारिस गरिएको छ ।


ताजा समाचार