Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

शिक्षक र ब्यापारीको टिम बराबरीमा

कोहलपुर २२ । कोहलपुरमा जारी सुपर–८ क्रिकेट प्रतियोगिताको दाेस्राे खेल बराबरीमा टुङ्गीएकाे छ ।

कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेेट मैदानमा अाईतबार सम्पन्न खेलमा टस हारेर ब्याटिङ गर्न मैदानमा उत्रिएको शिक्षकहरुकाे टिमले निर्धारित १० अाेभरकाे खेलमा ४ विकेट गुमाउँदै ८२ रन बनायाे जसका लागि प्रकाश न्याैपानेले अविजित ३९ रन, टंक गाैतमले २० रनकाे याेगदान गरेका थिए ।

बलिङतर्फ ब्यापारी टिमका खेलाडी शशी थापा, दिपक क्षेष्ठ र विजय पाेखरेलले समान १-१ विकेट लिएका थिए । ८३ रनको लक्ष्य पाएको ब्यापारी टिमले निर्धारित १० ओभर पुरै खेल्दै ८२ रन बनाएपछि खेल बराबरीमा टुङ्गिएकाे हाे ।

ब्यापारी टिमका तर्फबाट शशी थापाले ३९ रनको याेगदान गरेका थिए, त्यसैगरी महेश उप्रेतीले १०, बिजय पाेखरेल र विष्णु बन्जाडे ले समान ६ रन र दिपक श्रेष्ठले ३ रन जोड्दा राेसन श्रेष्ठले खाता खोल्न सकेनन् ।

ब्यापारीहरुको टिमलाई बराबरीमा राेक्ने क्रममा टंक गौतमले २ विकेट हात पारे भने हाेमेन्द्र क्षेत्री र महेश भट्टराईले समान १-१ विकेट लिएका थिए ।

राेमान्चक खेलकाे म्यान अफ द म्याच व्यापारी टिमका शशि थापा घोषित भए । अब अन्तिम खेल शनिबार संचालन गरिने आयोजक मध्य पश्चिम क्रिकेट क्लवले जनाएको छ । यस अघि शनिबार भएकाे पहिलो खेलमा शिक्षकको टिम विजयी भएकाे थियाे ।


ताजा समाचार