Loading... आजः शुक्रबार, असार ४, २०७८

जाजरकोटमा बाम गठबन्धन तोडियो

आसोज २२, जाजरकोट ।  जाजरकोटमा बाम गठबन्धनको उलंघन गरिएको छ । केन्द्रमा तिन राजनैतिक दलले चुनावि तालमेल देखि पार्टी एकिकरण गर्ने घोषणा गरे पनि जाजरकोटमा यस्को उलंघन गरिएको छ । जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्दा ति दल निकट व्यापारिले यस्को उलंघन गरेका हुन् ।

बाम गठबन्धनमा सामेल नेकपा एमाले र माओवादी केन्द्र निकट व्यापारिहरुले छुट्टा छुट्टै प्यानल बनाएर संघको नेतृत्व लिन चुनावी मैदानमा होमिएका छन् । कर्ण बहादुर खत्रीको नेतृत्मा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्त प्यानल बनाएर चुनावमा गएको छ । त्यस्तै भद्र भद्रवहादुर वलीको नेतृत्वमा माओवादी केन्द्र र नेपाली काँग्रेसले सयुक्त प्यानल बनाएका छन् ।
केन्द्रको गठबन्धन अनुसार सयुक्त प्यानल बनाउन धेरै प्रयास गरेपनि सफल हुन नसकेको एमाले जिल्ला कमिटि सदस्य तथा संघका अध्यक्ष कमान बहादुर खड्काले जनाएका छन् । नेपाली काँग्रेस सँग पहिलेनै तलमेलको सहमति भएपनि बाम गठबन्धनसँग यस्को लागि प¥याप्त समय नभएको माओवादी निकट व्यापारी बसन्त शर्माले बताएका छन् ।

चुनावि मैदानमा होमिएका दुवै प्यानले आफुले जित्ने दावि गरेका छन् । तर अधिकाँस व्यापारिहरुले अध्यक्षमा कर्ण बहादुर खत्रीले जित्ने अनुमान गरेका छन् । उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि आइतवार मतदान भईरहेको छ ।

त्यस्तै बहालवाला बरिष्ठ उपाध्यक्ष वलीले नै अहिले अध्यक्षमा जित्ने आधार प्रसस्त भएको केही व्यापारीले तर्क गरेका छन् । अपाँग सदस्यमा भिम बहादुर खत्री निर्विरोध निवार्चित भइसकेका छन् ।

एमाले र राप्रका गठबन्धनका उम्मेदवार

अध्यक्ष कर्ण बहादुर खत्री, बष्ठि उपाध्यक्ष शिव विक्रम हमाल, उपाध्यक्ष नर बहादुर थापा, महासचिव इश्वरी बहादुर खत्री, सचिव अमर शाही, कोषाध्यक्ष मोहन खड्का, खुल्ला सदस्यहरु चक्र बहादुर थापा, मंगले बुढा थोकी, खिम बहादुर शाही र विष्णु वली । महिला सदस्य बन्दना पुन, धनमाया खड्का खत्री, जनजाती सदस्यमा गणेश बहादुर थापा र दलित सदस्य गणेश बहादुर कामी ।

काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार

अध्यक्ष भद्र बहादुर वली, वरिष्ठ उपाध्यक्ष पारस कुमार वाग्ले, उपाध्यक्ष मिलन कुमार चन्द, महासचिव बुद्धि बहादुर खत्री, सचिव सुर्य बहादुर रोकाय, कोषाध्यक्ष धनसरा सिहं शाही, खुल्ला सदस्यहरु जय बहादुर खड्का, मधुकार नेपाली, लोक बहादुर रोकाय, टेक बहादुर क्षेत्री, महिला सदस्यहरु जानुका खत्री, पुष्पा मल्ल, जनजाती सदस्य धिरेन्द्र पुन र दलित सदस्य तिलक सुनार ।

 

 


ताजा समाचार