Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोटको उद्योग बाणिज्य संघ जाजरकोटको निर्वाचन आज

रेशम बहादुर खड्का
२२ असोज,जाजरकोट : जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटले नयाँ कार्य समितिको लागि अाज निर्वाचन गर्ने भएको छ । उद्योग बाणिज्य संघ जाजरकोटका निर्वाचन सँयोजक शिभ प्रसाद शर्माका अनुसार यही असोज २२ गते बिहान ८ बज्य देखि साझ ५ बज्य सम्म जिल्ला समन्वय समितिको सभाहलमा निर्वाचन हुने भएको छ ।

निर्वाचनमा नेकपा एमाले र राप्रपाको सँयुक्त प्यानल बाट कर्ण बहादुर खत्रीलाई अध्यक्ष सहितको प्यानल अगाडि सारेको छ भने नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको सयुक्त प्यानलबाट भद्र बहादुर वलि लाई अध्यक्ष सहितको प्यानल अगाडि सारेको छ । त्यसैगरि नेपाली कांग्रेसवाट र माओवादी केन्द्र बाट पारस कुमार वाग्ले बरिस्ठ उपाध्यक्ष मिलन कुमार चन्द उपाध्यक्ष बुद्धि बहादुर खत्री महासचिव सुर्य बहादुर रोकाय सचिव धनसरा सिंह (शाही) कोषाध्यक्ष जय बहादुर खड्का खुल्ला सदस्य मधुकर नेपाली खुल्ला सदस्य लोक बहादुर रोकाय खुल्ला सदस्य टेक बहादुर क्षेत्री खुल्ला सदस्य जानुका खत्री महिला सदस्य पुष्पा मल्ल महिला सदस्य धिरेन्द्र पुन जनजाति सदस्य तिलक सुनार ले मनोनयन पत्र दर्ता गराएका छन् । नेकपा एमाले र राप्रपावाट शिभ बिक्रम हमाल बरिस्ठ उपाध्यक्ष नर बहादुर थापा उपाध्यक्ष ईश्वरी बहादुर खत्री महासचिव अमर बहादुर शाही सचिव मोहन खड्का कोषाध्यक्ष चक्र बहादुर थापा खुला सदस्य मंगले बुढाथोकी (कुपाराम)खुला सदस्य खिम बहादुर शाही खुला सदस्य बिष्णु वलि खुला सदस्य बन्दना पुन महिला सदस्य धनमाया खड्का खत्री महिला सदस्य गणेश बहादुर थापा जनजाति सदस्य गणेश बहादुर कामी दलित सदस्यमा मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरुबाट भोटको अन्तिम नतिजाका आधारमा जाजरकोट उद्योग बाणिज्य संघको नयाँ कार्य समिति गठन हुने भएको छ ।

यसका लागि अन्तिम नामावली असाेज ६ गते मतदाताहरुको नामावली प्रकाशनका लगायतका कार्यहरु शुरु भएको निर्वाचन सँयाेजक शर्मा जानकारी दिनु भयो ।


ताजा समाचार