Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

सुपर–८ क्रिकेट प्रतियोगिता काेेहलपुुरमा शुुरू

कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लबकाेे अायाेजनामा कोहलपुरमा शुुरू भएको सुपर–८ क्रिकेट प्रतियोगिताको पहिलो  खेलमा शिक्षकहरुको टिम बिजयी भएको छ ।

कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेेट मैदानमा संचालन प्रतियोगिताकाेे पहिलाे खेलमा टस हारेर मैदानमा उत्रिएको शिक्षकहरुकाे टिमले खेलमा ३ रनकाे रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

१२ ओभरको खेलमा शिक्षकहरुको टोलीले ५ विकेट गुमाउँदै ७८ रान जोड्न सफल भएको थियो । टिमलाई राम्रो स्कोरसम्म  पुर्‍याउन महेेश भट्टराईले २८ रनको योगदान गरेका थिए । त्यसैगरी संदिप गौतम १३, टंक गौतम १२ र होमेन्द्र क्षेत्रीले ११ रन जोड्न सफल भएका थिए ।

बलिङतर्फ ब्यापारी टोलीका खेलाडी दिपेन्द्र थापा, दिपक क्षेष्ठ र विष्णु बन्जाडेले समान १-१ विकेट लिएका थिए ।
७९ रनको झिनो लक्ष्य पाएको ब्यापारी टिमले निर्धारित ओभरमा लक्ष्य भेटाउन सकेन । निर्धारित १२ ओभर पुरै खेलेको ब्यापारी टिमले ६ विकेट गुमाउँदै ७५ रनमा सिमित हुन पुगेको थियो । टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याउन शसी थापाले २३ रनको योजदान गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

त्यसैगरी महेश उप्रेतीले १६, बिजय थापाले १३, दिपेन्द्र थापाले ५ र आशिस  श्रेष्ठले ६ रन जोड्दा दिपक श्रेष्ठ र विष्णु बन्जाडेले भने खाता खोल्न सकेनन् ।
ब्यापारीहरुको टिमलाई सस्तैमा समेट्ने क्रममा संदिप गौतम र रामु गौतमले समान २-२ विकेट लिएका थिए भने होमेन्द्र क्षेत्रीले १ विकेट लिएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच शिक्षक टिमका महेश भट्टराई घोषित भए । दोस्रो र तेस्रो खेल क्रमश अाईतबार र साेमबार संचालन गरिने आयोजक क्लवले जनाएको छ ।


ताजा समाचार