Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

बाम गठबन्धनसँग तालमेल हुन्छ: अध्यक्ष केसी


काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी केन्द्रको बाम गठबन्धनसँग चुनावी तालमेल गर्ने वताएका छन् ।

अध्यक्ष केसीले काँग्रेसले आफ्नो पार्टीलाई लोकतान्त्रीक गठबन्धनमा सामेल भएको झुटो प्रचार गरेको भन्दै बाम गठबन्धन सँगै चुनावी तालमेल हुने बताएका छन् ।
मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले ‘माओवादी र एमाले सँग वर्ग तथा पहिचान मिल्ने भएकोले तालमेल हुने जनाउ गरे ।
अध्यक्ष केसीलाई लोकतान्त्रिक गठबन्धनसँग तालमेलको प्रस्तावसहित शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएका थिए ।

‘भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा केही जिल्लामा एमाले र माओवादीसँग तालमेल थियो, उनीहरु एक ठाउँ नहुँदा त तालमेल भएको थियो भने आज दुई पार्टी एक ठाउँमा हुँदा राष्ट्रिय जनमोर्चा गणतान्त्रिक पक्षधरसँग तालमेल गर्ने योजनामा छ’, केसीले प्रष्ट पारे ।

स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाले बागलुङ र प्युठानमा एमाले र माओवादीसँग तालमेल गरेको थियो ।


ताजा समाचार