Loading... आजः सोमवार, कार्तिक १०, २०७७

प्रतिनिधी सभाको लागि एमाले जाजरकोटबाट तिनजना सिफारिस

असोज २०, जाजरकोट । नेकपा एमाले जाजरकोटले प्रतिनिधी सभाका लागि प्रत्यक्ष तर्फ तिन जनाको नाम सिफारीस गरेको छ । शुक्रबार बसेको एमाले जिल्ला कमिटिको बैठकले सर्वसहमत तिन जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधी सभा निर्वाचनका लागि केन्द्रिय कमिटि सदस्य भैरव सुन्दर श्रेष्ठ, सल्लाहकार समितिका केन्द्रिय सदस्य गोविन्द विक्रम शाह र जिल्ला कमिटि सदस्य हरिकला जैसिको नाम सिफारिस गरेको पार्टी सचिव चन्द्रप्रकाश घर्तीले जनाएका छन् ।

त्यस्तै समानुपातिकका लागि पुर्व संसद कृष्ण बहादुर शाही, हरि बहादुर घर्ती र तारा शाक्यको नाम सिफरिस गरीएको छ ।

त्यस्तै प्रदेश शभाको लागि निर्वाचन क्षेत्र नम्बर २ बाट तिन जनाको नाम सिफरि गरिएको छ । जिल्ला कमिटि अध्यक्ष करविर शाही, पुर्व संसद रत्न प्रसाद शर्मा न्यौपाने र कृष्ण बहादुर बुढाको नाम सिफारिस गरीएको छ ।

क्षेत्र नम्बर १ मा निरज आचार्य र संसद रिता रावलको नामको टुङ्गो लागेपनि डम्वर बहादुर सिंह र कमान बहादुर खड्का कस्लाई पठाउने भन्नेमा सहमति हुन वाँकी रहेको एमालेले जनाएको छ ।

 

 


ताजा समाचार