Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

दुई सय बाललिकाको निःशुल्क स्वास्थ्य उपचार

जाजरकोट । निःशुल्क बाल स्वास्थ्य शिविरमा जाजरकोट र रुकुमका झण्डै दुई सय बालबालिकाको विभिन्न रोगको निःशुल्क उपचार गरिएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका २ छेप्कामा एक दिने निःशुल्क बाल स्वास्थ्य शिविरमा दुई जिल्लाका झण्डै दुई सय बालबालिकाको विभिन्न रोगको निःशुल्क उपचार गरिएको हो ।

उक्त शिविर लायन्स क्लव अफ सेरोफेरो, नेपाल बाल पोलिक्लिनिक र लियो क्लव अफ सेरोफेरो सुर्खेतको आयोजना र नागरिक कृषि तथा पशुपालन सहकारी संस्था तथा नलगाड सेवा समाज जाजरकोटले सहकार्य गरेको थियो ।

शिविरमा त्रिवेणी नलगाड नगरपालिका र छिमेकी जिल्ला रुकुमको आठबिसकोट नगरपालिकाका झण्डै दुई सय बालबालिको विभिन्न रोगको निःशुल्क उपचार गरिएको लाइन्स क्लव अफ सेरोफेरो सुर्खेतका अध्यक्ष युवराज पौंडेलले जानकारी दिए ।

उपचारका लागि शिविरमा आएका अधिकांश बालबालिकाहरु ज्वरो आउने, टाउको दुःख्ने, खोकी लाग्ने, खान मन नलाग्ने, बान्ता गर्ने जस्ता रोगको उपचार गरिएको बालरोग विशेषज्ञ एवं डाक्टर नवराज केसीले बताए ।

यसका साथै आफूहरु संग उपलब्ध औषधिले उपचार सम्भव भएका जति सबैको उपचार गरिएको डाक्टर केसी बताउँछन् । तर, दीर्घ एवं जडिल रोगहरु जस्तै हात खुट्टा कुजिएका, लुला, लंगडा, झकभकाउँने, ५ वर्ष देखि ९ वर्षसम्म नबोल्ने जस्ता रोगबाट पीडित बालबालिकाको उपचार यो शिविरमा सम्भव नभएता पनि यस्ता रोगबाट पीडित बालबालिकालाई सुर्खेत यात उपचार सम्भव हुने अस्पतालमा सिफारिस गरिने र त्यहाँ पनि निःशुल्क उपचार गरने क्लवका अध्यक्ष पौंडेलले बताएका छन् ।

शिविरमा आ–आफ्ना बालबालिकालाई उपचार गराउन आएका अभिभावकहरुले निःशुल्क स्वास्थ्य उपचार गराउन पाएकोमा खुसि भएको त्रिवेणी नलगाड नगरपालिका २ का स्थानीय पवित्रा वलीले बताए । आफ्नो छोरा कपिल वली केही हप्ता पहिले देखि बान्ता गर्ने, ज्वरो आउने जस्ता रोगको लक्षण देखा परेपनि उपचारका लागि स्थानीय मेडिकलमा धाएर सञ्चो नभएपछि आफू सदरमुकाम खलंगामा पुग्ने सोचमा थिईन । तर, घरआगनमा निःशुल्क बाल स्वास्थ्य शिविर सञ्चालन हुने थाह पाएपछि वली सदरमुकाम नपुगेर शिविरमा आफ्नो छोराको उपचार गराए पश्चात पूर्णरुपमा सञ्चो भएको बताउँछिन् ।

यी त एउटी प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुप्रै अभिवाकले पनि आफ्ना बालबालिकाको उपचार सित्तैमा पाएपछि हर्षित भएका छन् ।

यो शिविर सञ्चालनका लागि अहम् भूमिका खेल्ने सुर्खेतका क्रियाशिल पत्रकार एवं समाज सेवी प्रकाश पन्तको रहेकोमा स्थानीय बासिन्दा एवं बालबालिकाको उपचारका लागि पुगेका अभिभावकले पन्तलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

 


ताजा समाचार