Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

पुर्ब डीआईजी नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं  २० । नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले प्रहरि सिलवाललार्इ टीका र खादा लगाएर स्वागत गरेका थिए । डीआइजीबाट राजीनामा दिएका सिलवालको राजनीतिक यात्रा अब औपचारिक रुपमा सुरु गरेका छन ।

डीआईजी सिलवालले पदबाट दिएको राजीनामा भने अझै स्वीकृत भएको छैन। नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाल सरकारले वरियताक्रममा उनी पछि रहेका जयबहादुर चन्दलार्इ महानिरीक्षक बनाएपछि सर्वोच्च अदालत पुगेका थिए ।

कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले चन्दको ठाउँमा प्रकाश अर्याललार्इ प्रहरी महानिरीक्षक बनाएपछि उनी फेरि अदालत पुगेका थिए । तर, सर्वोच्चले सरकारी निर्णयलार्इ सदर गर्दै उनको मुद्दा खारेज गरिदिएपछि सिलवालले डीआईजी पदबाट राजीनामा दिएका थिए ।


ताजा समाचार