Loading... आजः आइतवार, कार्तिक ९, २०७७

एमाले तेह्रथुमले छान्यो उम्मेदवार, सांसददेखि पूर्वजिल्ला अध्यक्षसम्म सिफारिस

तेह्रथुम, २० असोज । एमाले तेह्रथुमले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको सूची तयार गरेको छ । प्रतिनिधि सभाका लागि जिल्ला कमिटी र प्रदेश सभाको दुई निर्वाचन क्षेत्रका लागि प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीहरुले उम्मेदवारहरुको सूची तयार गरी राय सुझावको रुपमा पठाएका हुन् ।

एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ वर्तमान व्यवस्थापिका सांसद भवानीप्रसाद खापुङ, पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा र पुर्वसांसद विष्णुमाया विकको नाम पठाएको छ । यस्तै समानुपातिकतर्फ भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदी चयन भएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, जिविस पुर्वसभापति किशोरचन्द्र दुलाल तथा समानुपातिकतर्फ अनुभूतिबम नेपाली, पिताम्बर तिम्सीना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भटराई, तारा गुरुङको नाम पठाएको छ ।

यस्तै क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ बाबुराम थापा, विश्वराज खापुङ र सिर्जना लामा तथा समानुपातिकतर्फ रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्कीको नाम पठाएको छ । जिल्लाबाट राय सुझाव स्वरुप पेश भएका नामहरु माथि प्रदेश समितिले छलफल गरेर उम्मेदवारहरुको सिफारिस गर्ने जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए ।

 


ताजा समाचार