Loading... आजः शनिबार, अशोज २, २०७८

एनसेलले सात सयभन्दा धेरै टावर जडान गर्ने

काठमाडौं, २० असोज । एनसेलले ७०० भन्दा बढी टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन)को वित्तीय विवरण अनुसार, एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य)सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पूर्वाधारले ग्राहकहरूलाई सञ्चार सेवा प्रदान गर्न उनीहरूको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ । टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ । ग्राहकलाई द्रुतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो । प्रथम चरणमा काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ । फोरजी सेवा संचालनमा आय पश्चात बढेको इन्टरनेट प्रयोगले डाटा खपतमा उल्लेख्यरुप वृद्घि भएको पनि उक्त रिपोर्टले जनाएको छ ।

दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ६८ लाख जिबी पुगेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो । प्रतिवेदनका अनुसार, जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरहरुले गर्दा पहिलो त्रैमासिकको तुलनामा डाटाको आयमा ११.५ प्रतिशतले वृद्धि भएको छ । यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ ।

दोस्रो चौमासिकमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाएको छ । दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदन । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् ।


ताजा समाचार