Loading... आजः शनिबार, कार्तिक ८, २०७७

अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, ३० जनाभन्दा बढी घाइते

अर्घाखाँची, असोज २० । अर्घाखाँचीको मालारानी ३ मा लु १ ख ७५१८ बस दुर्घटना हुँदा २ जनाको  मृत्यु छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा  मालारानी ३ का १० वर्षिय अभियान आचार्यको परिचय खुलेको छ भने  अर्की अन्दाजी ३० वर्षिया महिला रहेको बताइएको छ । १० जनाको अवस्था गम्भीर रहेको छ ।

बस सडकभन्दा १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिदैँ छ ।

 


ताजा समाचार