Loading... आजः शनिबार, कार्तिक ६, २०७८

नगरप्रमुख घर्तीको पहलमा अबिभावक विहिन बालवालिकालाई सहयोग प्रदान

असोज १९, जाजरकोट । काठमाडौंका दुई युवतिले दुर्गम जाजरकोटका अविभावक विहिन दुई वालवालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौं निवासि उरसा शाही र सना खड्काले भेरी नगरपालिका –७ का सेतु चन्द र शुवास चन्दलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीको पहलमा उनिहरुले यहाँका अविभावक विहिन ७ बर्षिय सेतु र ४ बर्षिय शुवासलाई आर्थिक अभावका कारण बिद्यालय छोड्न बाध्य नहुन भनि १० हजार रुपैँया सहयोग गरेका हुन् ।

चार कक्षामा अध्ययनरत सेतु र भर्खर बिद्यालय जनथालेका शुवासलाई उनिहरुले पठाएको सहयोग रकम नगर प्रमुख घर्तीले हस्तान्त्रण गरेका हुन ।

उनिहरुले दुर्गमका यस्ता वालवालिकालाई शिक्षा दिक्षाको लागि सदैव पहलकदमि र सहयोग गर्ने वताउदै दुवै वालवालिकालई बिद्यालय नछोड्न फोन मार्फत आग्रह गरेका छन् । नगर प्रमुख घर्तीले यस्ता वालवालीकाको शिक्षा दिक्षामा अफुले नगरको र अफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने बताएका छन् ।

 

भविश्यका कर्णधार यस्ता खालका सवै बालावलिकालाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । वालावलिकाका बुवा तिन बर्ष पहिले कमाई गर्न भारत गएका उतै मृत्यु भएको थियो भने आमाले अन्तै बिहे गरेपछि विचल्लीमा परेका थिए । उनिहरुलाई अहिले ६४ बर्षिय हजुर वुवा विर वहादुर चन्दले हेरचाह गर्दै आएका छन् ।

 


ताजा समाचार