Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तालिम र प्रविधि विनै मुर्तिकलामा अव्वल क्षमता देखाउदै स्यामवहादुर


जनक केसी
जाजरकोट । भेरी नगरपालिका ३ स्यालाका स्यामवहादुर शाहलाइ मुर्तिकला सम्वन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मुर्तिहरु वनाउनका लागि स्यामवहादुर संग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् तर उनले वनाएका निकै सुन्दर र कलात्मक मुर्तिहरु देखेर सर्वसाधारणहरु दंग पर्ने गरेका छन् ।

आफनो अघि कुनै देवता, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मुर्ति वनाउने स्यामको कलाले जिल्लामा सवैलााइ मोहित पारेको छ । सानै देखि चित्रकला र मुर्तिकलामा निकै रुचि भएका स्यामवहादुर अहिले जिल्लामा अव्वल मुर्तिकारको रुपमा परिचित हुदै गएका छन् ।

खलंगाको ठाँटीवजार स्थित आफनै होटेलको आँगनमा उनले वनाउने मुर्ति र उनले मुर्ति वनाएको हेर्नेको पनि घुइचो लाग्ने गरेको छ । विभिन्न देवताहरु र जनावरहरुको दुरुस्तै आकृति झल्किने मुर्ति वनाउने अव्वल क्षमता भएका ३५ वर्षिय शाहले कुनै साधन र सैद्धान्तिक ज्ञान विनै मुर्ति वनाउने गरेका छन् ।

कसैले अर्डर गरे मात्र मुर्ति वनाउने गरेका स्यामवहादुरले गतिलो अवसर र आर्थिक सहयोग पाए व्यावसायिक रुपमै मुर्ति निर्माण उद्योग सुरु गर्ने इच्छा रहेको वताए । १२ वर्ष अघि पहिलो पटक खलंगाको चर्चित साङट गुफाका लागि शिव भगवानको मुर्ति वनाएर मुर्ति वनाउने काम सुरु गरेका उनले अहिले जिल्ला भित्रकै विभिन्न मन्दिरहरुका लागि दर्जन वढी मुर्तिहरु निर्माण गरिसकेका छन् ।

घरेलु श्रोत र साधनको प्रयोग गर्दे निकै सस्तोमा मुर्ति वनाउने स्यामवहादुरले राम्रो अवसर पाए आफु भित्रको ज्ञानलाइ दुनियाको अघि फैलाउने धोको रहेको वताए । स्वास्थ्य र नेपाली विषयमा १२ कक्षा सम्मको पढाइ पुरा गरेका शाहले एउटा मुर्ति वनाउन १५ दिन देखि १ महिना सम्म लाग्ने गरेको वताए । जति मेहनत गरे पनि दुख अनुसारको पारिश्रमिक पाउन गाह्रो रहेको उनले वताए ।

आफनो कलालाइ वाहिरी वजार सम्म पुरयाउन पाए झन मेहनत गरेर उत्कृष्ट कला देखाइदिने उनले वताए । एउटा मुर्ति वनाएको १० हजार देखि ३० हजार सम्म पाउने गरेको भन्दै उनले आफनो दुख अनुसार यो रकम निकै कम रहेको वताए । स्थानीय स्तरमा उपलव्ध माटो, सिमेन्ट, वालुवा र छडको प्रयोग गरेर मुर्ति वनाउने गरेको र मुर्ति वनाउने कुनै प्राविधिक या औपचारिक सुत्र आफुसंग नभएको शाह वताउछन् ।

 

खलंगाको स्थानीय ठाँटीवजारमा परिवारसंगै होटेल व्यावसाय गर्दै आएका शाहले २४ वर्ष अघि हनुमान प्राथमिक विद्यालय थाप्ले पढ्ने वेलामा चित्रकला वनाउदा याद गरेको सीप र त्रिभुवन माध्यमिक विद्यालयमा पढ्दा पुर्वव्यावसायकि विषयमा माटाका भाडाकुडा वनाउदा सिकेको ज्ञानकै आधारमानै मुर्ति वनाउन थालेको वताए । अवसर पाए र व्यावसायिक रुपमै मुर्ति वनाउने उद्योग चलाउने इच्छा रहेको उनले वताए ।

विना तालिम विना औपचारिक ज्ञान र साधन विनै यति राम्रो मुर्तिहरु वनाउने स्यामवहादुरको क्षमता देखेर आफुहरु दंग परेको स्थानीय किरणकुमार भन्डारीले वताए । उनले सरकारले यस्ता प्रतिभालाई आफनो कला देखाउने अवसर दिनु पर्ने र यस तर्फ सरोकारवालाहरुको ध्यान जानुपर्ने वताए ।

स्यामवहादुरले देवी देवताको मुर्ति मात्र होइन विभिन्न व्यक्तिहरुको सालिक र जनावरहरुको प्रतिमा पनि वनाउने गरेका छन् । आर्थिक अवस्था कम्जोर रहेका स्यामवहादुरले मुर्तिको वजार राम्रो भए होटेल व्यवसाय छोडेर यतै लाग्ने आफनो सोच रहेको वताए । स्यामलाई स्थानीयले मात्रै होइन सरकारले नै उचित अवसर दिएर सहयोग गर्न सके देशलाई नै ठुलो फाइदा हुने जाजरकोट उध्योग वाणिज्य संघका अध्यक्ष कमानवहादुर खड्काले वताए ।

उनले कुनै राम्रो अवसर पाए स्यामले चमत्कारीक कला देखाउन सक्ने सम्भावना रहेको वताए । स्यामलाइ व्यावसायिक रुपमा मुर्ति निर्माण व्यावसायमा लगाउन सके जिल्लामा केहि मात्रामा भए पनि रोजगारीको अवसर सृजना गर्न सकिने अध्यक्ष खड्काले वताए ।


ताजा समाचार