Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

प्रदेशसभाका लागि एमाले क्षेत्रिय कमिटिद्धारा ५ जना सिफारिस, एकजनाकोमा विवाद

जाजरकोट । मंसिरमा हुने प्रदेशसभा चुनावका लागि एमाले जाजरकोका दुवै क्षेत्रबाट पाँच जनाको नाम सिफारिस भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रिय कमिटिले सर्वसहमत उम्मेदवारको टुङ्गो लगाउन नसकेपछि पाँच जनाको नाम सिफारिस गरिएको हो । क्षेत्र नम्बर एकमा भने कस्को मतलाई सदर मान्ने भन्नेमा विवाद भएको जनाइएको छ ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर एक बाट निरज आचार्य र रिता रावलको नाम सिफारिस गर्ने टुङ्गो लागेपनि डम्बर बहादुर सिङ र कमान खड्काको मतको वारेमा विवाद भएको छ । सिङको नाममा खसेको दुई मतलाई सदर गरे उनको नाम सिफारि हुन्छ तर त्यसलाई वदर मान्नेहो भने खड्का सिफारिस हुने एक नेताले जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट पनि सहमति नजुटेपछी तिनै जनाको नाम सिफरिस गरीएको हो । त्यहाँबाट पुर्व संसद रत्नप्रसाद शर्मा न्यौपाने, जिल्ला अध्यक्ष करविर शाही र कृष्ण बहादुर बुढालाई क्षेत्रिय कमिटिले जिल्ला कमिटिलाई सिफारीस गरेको छ ।

प्रस्तावित नामको वरेमा शुक्रवार जिल्ला कमिटिको बैठमा छलफल पछि केन्द्रमा सिफारिस हुने एमाले जाजरकोटले जनाएको छ । समानुपातिक र प्रतिनिधि सभाकाे लागि भने कुनै  निर्णय भएकाे छैन ।

 

 

 


ताजा समाचार