Loading... आजः आइतवार, कार्तिक ९, २०७७

एसिया कप छनौट अन्तरगत ताजकिस्तानविरुद्ध खेल्ने नेपाली फुटवल टोलीको घोषणा

असोज १८, काठमाडौं । ताजकिस्तानसँग हुने एसिया कप फुटबलको छनौट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

नेपालले यही असोज २४ गते ताजकिस्तानसँग उसैको घरेलु मैदानमा खेल्न लागेको छ । नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपानेसहित र किरण चेमजोङ रहेका छन् ।
डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् ।
यसै गरी मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ परेका छन् ।

यस्तै, फरवार्डमा विमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् ।
छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउने छन् ।

 


ताजा समाचार