Loading... आजः सोमवार, कार्तिक १०, २०७७

लोकतान्त्रीक गठबन्धन निर्माणमा जुट्यो काँग्रेस

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधवार वसेको बैठकले आगमी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रीक गठबन्धन निर्माण गर्ने निर्णय गरेको हो ।

मंगलवार एमाले, माओवादी र नयाँ शक्ति पार्टीले चुनानी तालमेल गर्ने घोषणा गरेको भोलिपल्टै काँग्रेसले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेर जाने निर्णय भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री देउवाले यही सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सम्पन्न गर्ने बताएका थिए ।

देउवाले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन निर्माण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, लगायतका दलहरुसँग पनि छलफल सुरु भइरहेकोे बैठकमा जानकारी गराएका थिए ।


ताजा समाचार