Loading... आजः आइतवार, कार्तिक १६, २०७७

एमालेका शिर्ष नेता को कुन क्षेत्र बाट लड्दै

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा एमालेका जिल्ला र क्षेत्रिय स्तरका कमिटिहरुले नाम धमाधम केन्द्रमा पठाउन थालेका छन् ।

कतिपय स्थानमा सर्वसम्मत नाम चयन भएको छ भने कतिपय स्थानमा बहुमतका आधारमा नाम सिफारिस भएका छन् ।

यद्यपी केन्द्रीय स्तरका नेताका नाममा भने सर्वसम्मति जुटेको जनताटाइमसले खवर लेखेकाे छ । हेरौ कुन नेता कहा बाट उठ्दै छन् त यस पटकको निर्वाचनमा

केपी शर्मा ओली, अध्यक्ष

ओली यसपटक गृहजिल्ला झापाबाट नै प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेद्धार बन्नु हुने भएको छ । क्षेत्रिय समन्वय समितिले ओलीलाई झापाको क्षेत्र नम्वर ५ बाट सर्वसम्मत उम्मेद्धार चयन गरेको हो । यसअघि २०६४ सालको संविधान सभा निर्वाचन बाहेक चार पटक उहा सो क्षेत्रबाट विजयी भईसक्नु भएको छ । क्षेत्र नम्वर ५ विगत लामो समयदेखी नै कम्युनिष्ट त्यसमाथी एमालेको पकड क्षेत्रका रुपमा चिनिन्छ ।

माधवकुमार नेपाल, वरिष्ठ नेता

नेपाललाई काठमाडौ क्षेत्र नम्वर २ ले सर्वसम्मत उम्मेद्धार चयन गरेर पठाएको छ । पहिलो र दोेस्रो संविधान सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचन लड्नु भएको नेपालले दोस्रो पटकमा भने विजयी हासिल गर्नुभएको थियो । यस्तै उहालाई गृहजिल्ला रौतहटबाट पनि उम्मेद्धार सिफारिस गर्ने सम्भावना रहेको छ । तर यसपटक एक निर्वाचन क्षेत्रबाट मात्र लड्न पाउने भएकाले नेपालले नै अन्तिम निर्णय गर्ने बुझिएको छ ।

बामदेव गौतम, उपाध्यक्ष

गौतम यसपटकको संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नम्वर १ बाट निर्वाचन लड्नु हुने भएको छ । यसअघिको संविधान सभा निर्वाचनमा बर्दिया १ र प्युठान १ बाट लड्नु भएका गौतम दुवै ठाउबाट विजयी हुनु भएको थियो ।
मंगलबार बसेको क्षेत्रीय कमिटी बैठकले गौतमलाई सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस गरेको छ ।

इश्वर पोखरेल, महासचिव

पोखरेललाई काठमाडौँ क्षेत्र नम्वर ५ बाट उम्मेद्धार सिफारिस गरिएको छ । उहाको पुरानो निर्वाचन क्षेत्र पनि यहि हो । पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा पोखरेलले यही निर्वाचन क्षेत्रबाट चुनाव लड्नु भएको थियो । निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठकले पोखरेललाई सर्वसम्मत उम्मेद्धारका रुपमा चयन गरी केन्द्रमा पठाएको हो । यसअघि सो निर्वाचन क्षेत्रबाट नेपाली काग्रेसका नरहरी आचार्य झिनो मत अन्तरले विजयी हुनु भएको थियो । २०५६ सालको निर्वाचनमा भने पोखरेल सोही स्थानबाट विजयी हुनु भएको थियो ।

यसैगरी वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ्गलाई इलामबाट सिफारिस गर्ने बुझिएको छ । निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठकबाट उहाहरुलाई सर्वसम्मत रुपमा सिफारिस हुने बुझिएको छ ।


ताजा समाचार