Loading... आजः बुधबार, असार ९, २०७८

पार्टी एकता संयोजन समिति बनाउने एमाले र माओवादी बिच सहमति

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि पार्टी एकता संयोजन समिति बनाइने सहमति भएकाे छ । पार्टी एकता वा तालमेलबारे छलफल गर्न जुटेका दुवै दलका नेताहरुकाे संयुक्त छलफलमा यस्ताे सहमति भएकाे हाे ।

दुवै दलले आजै साँझ पाँच बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन गरेर पार्टी एकताका बारेमा जानकारी गराउने तयारि गरेका छन् । ललितपुरस्थित एक व्यापारीको घरमा दुवै पार्टीका नेताहरुले बृहत छलफल गरेका थिए। सयुक्त छलफल हुनुअघि  बिहान नेताहरुले पार्टीमा आन्तरिक छलफल गरेका थिए ।

दुई दलबीच आगामी निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर भाग लिने सहमति यस अघिकाे छलफलमा भइसकेको छ । एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत भागबण्डा गर्दै सूर्य चुनाव चिन्हमा लड्ने मोटामोटी सहमति भइसकेको दुवैदलका नेताले बताउने गरेका छन् ।

 


ताजा समाचार