Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

पाँच बर्षभित्र उज्यालो, हरियालि र समृद्ध छेडागाड बनाउने योजना बुनेकाे छु 

जाजरकाेट । नेकपा एमालेका ६ नम्बर प्रदेश कमिटि सदस्य तथा  जिल्ला कमिटि जाजरकोटका  पुर्व सचिव लाल बहादुर महतारा गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा  छेडागाड नगरपालिका बाट भारि मतका साथ प्रमुखमा निर्वाचित भए ।

जिल्लामा निर्वाचित स्थानिय तहका जनप्रतिनिधि मध्य उनलाइ अनुभवि र पाकाे मानिन्छ । उनले निर्वाचित सपथ ग्रहणकै क्रममा उज्यालो हरियालि कार्यक्रम  र  पहुच मार्ग निर्माण जस्ता कार्यक्रम सार्बजनिक गरे ।

तिनै योजना लाइ प्रथामिक्ताम राख्दै गत साउन २  गते नगर सभाले बजेट बिनियोजन गर्नुका साथै नयाँ निति तथा कार्यक्रम पनि पारित गरिसकेको छ । यसै बिषयमा रहेर हामिले  छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महतारासँग छेडागाड नगरपालिकाको बजेटका बिशेषता, भाबि नगरको योजना लगायतका बिषयमा भलाकुसारि गरेका छौं । प्रस्तुत छ उक्त कुराकानिको सन्दर्भ

१) छेडागाड नगरपालिका अहिले के गरिरहेको छ ?

छेडागाड नगरपालिका राज्यको पुन सँरचना अनुरुप निर्मित स्थानिय तह सँरचित हुदा घोषणा भएको नयाँ नगर हो । ग्रामिण पद्वतिमा आधारित कार्य शैलि अपनाई आएका गाँउहरुलाई नगरमा आधारित मान्यताम रुपान्तरन गर्नुछ । त्यसैले अहिले यो छेडागाड नगरपालिका योजनाबद्व ,हरित ,सफा , सुरक्षित ,शिक्षित ,स्वास्थ्य ,उज्यालो ,हरियालि , समावेसि र सम्पन्न नगरपालिकाको रुपमा स्थापित हुने पूर्वाधार निर्माणको कार्य गर्ने योजना निर्माण गर्दै छ ।

२ ) नगरसभा पनि सम्पन्न गर्नुभयो  नगरसभा गर्दा यहाको नगरपालिका भित्र पारित योजनाहरु छनोट गर्दा जनसहभागिता कस्तो रहयो नि  ?

०७४ असार २६ गतेबाट छेडागाड नगरसभा सुरुगरि ०७४ साउन २ गते सभा सम्पन्न गरियो । स्थानिय तह बिगतको जस्तो निकाय  नभइ सँवैधानिक रुपमै रहि हरेक बजेट बांडफट भई स्थानिय सरकारको भुमिका रहेकोले सोहि भुमिका निर्वाह गर्न अनिवार्य थियो यस बखत आम जन सहभागि भन्दा पनि निर्वाचित नगरसभाको भुमिका नै सम्पूर्ण हिसाभले महत्व रहेकोले छेडागाड नगर सभाका सदस्यहरु पूर्ण रुपले सहभागि हुनु हुन्थ्यो र सक्रिय रुपमा छलफलमा भाग लिनुभएको थियो ।

कानुनहरु निर्माण गर्दै कार्यान्वयन गर्दै जानुपर्ने परिस्थीतिमा सभा रहयो ।यस कार्यमा नगर सभाकासत प्रतिशत सदस्यहरु छेडागाड नगरपालिकामा बिभिन्न राजनिति दलका प्रमुख तथा प्रतिनिधि सम्पूर्ण वडा बासि लगायतको सक्रिय सहभागिता रहन गयो ।

  • झण्डै १५ वर्षको अवधि जनप्रतिनिधि बिहिनताको अबस्थाबाट अघि पुन सँरचित संरचनमा भएको निर्वाचन बाट चुनौतिपूर्ण निर्बाचित प्रतिनिधिहरु नयाँ जोश ,जाँगर , प्रेणा र दृष्टिकोण लिएर आएको परिस्थीति हो । यस स्थीतिमा सबैले सुनदर गाँउ ,सुनदर नगर ,उज्यालो नगर , हरियालि नगर , प्रत्यक वडाम नेटको सुभिदा बस्ति स्तर र एकीकृत योजना शैक्षिक सुधार भौतिक पृर्वाधार शिक्षा स्वास्थ्य कृषि उत्पादन वृद्वि र बजार सम्मको पहुँच गर्ने खालका योजनाहरु अगाडि सारेका छाै, साथै स्वच्छ सुन्दर छेडागाड नगरपालिका हाम्रो भविश्य भन्नेलक्ष्य राखेर सिढि चढ्ने कल्पना गरेको छ ।

३ ) छेडागाड नगरपालिकाले आफनो पहिलो निति तथा कार्यक्रमहरु सार्बजनिक गरेको छ र बजेट पनि बिनियोजन गरेको छ । यो बजेटले आगामि छेडागाड नगरपालिकाको कस्तो परिकल्पना गरेको छ ? 

झण्डै १५ वर्षको अवधि जनप्रतिनिधि बिहिनताको अबस्थाबाट अघि पुन सँरचित संरचनमा भएको निर्वाचन बाट चुनौतिपूर्ण निर्बाचित प्रतिनिधिहरु नयाँ जोश ,जाँगर , प्रेणा र दृष्टिकोण लिएर आएको परिस्थीति हो । यस स्थीतिमा सबैले सुनदर गाँउ ,सुनदर नगर ,उज्यालो नगर , हरियालि नगर , प्रत्यक वडाम नेटको सुभिदा बस्ति स्तर र एकीकृत योजना शैक्षिक सुधार भौतिक पृर्वाधार शिक्षा स्वास्थ्य कृषि उत्पादन वृद्वि र बजार सम्मको पहुँच गर्ने खालका योजनाहरु अगाडि सारेका छाै, साथै स्वच्छ सुन्दर छेडागाड नगरपालिका हाम्रो भविश्य भन्नेलक्ष्य राखेर सिढि चढ्ने कल्पना गरेको छ ।

४) योजना छनोटका क्रम्मा स्थानिय सरकारप्रति जनताका  अपेक्षा कस्तो पाउनु भयो र नागरिकले कस्ता योजना हरुलाइ बिशेष प्रथामिक्ता दिएका छन ?   

नगरले नगरको पहिचान स्थापीत गर्ने सबै वडाको सम्बन्ध ब्यवस्थीत गर्ने आवागमनको लागि सडक यातायात ब्यबस्थापन गर्ने कृर्षि आधुनिकिकरण ,लघु उद्यमको प्रबधन ,स्थानिय स्रोत साधनको आधारमा उद्यम शिलता बिकास तालिमका आधारमा निर्माण गर्ने शैक्षिक सुधारका लागि नमुना बिद्ययालय कार्यक्रम सञ्चालन गर्ने कृर्षिमा साझेदारि कार्यक्रम सञ्चालन गर्ने पर्यटनका आकर्षक गनतब्यहरु पहिचान गरि पर्यटन क्षेत्र घोष्णा गर्ने हरियालि वन को पोकेट क्षेत्र निर्माण गर्ने खेल मैदानको ब्यवस्थापन यातायात पार्किङ्ग ब्यवस्थापन गर्ने जस्ता सम्य नगरका हरेक कार्यहरु निर्माण गर्ने योजनालाई प्रथामिक्ता दिनेयोजनाको अपेक्षा जनताको अपेक्षालाई सोही बमोजिम नगर लागिरहेको छ ।

५) तपाईले प्रथामिकताम राखेका प्रमुख योजना के छन्  ?

हामिले प्रथामिक्तामा राखेका योजनाहरु मध्य पहिलो योजना भनेको नगरका सबे वडाहरुलाई समेटेर नगर केन्द्रमा समान पहुँच पुर्याउने गरि वडा चक्रपथ निर्माण गर्ने अहिलेका साबिकका वडाहरुमा नयाँ प्रबिधिहरुको प्रयोगमा सहजता ल्याउन टलिफाेन जडान गर्ने र इनटरनेट सेवा प्रवद्र्वन गर्ने, सामाजिक सुरक्षा भत्ता कार्यक्रम प्रभाबकारि बनाउन घर घर र हात हातमा पुग्ने बितरण प्रणलि कार्यन्वयन गर्ने, नमुना बिद्यालय कार्यत्रलम मार्फत श्रक्षिक केन्द्रकारुपमा नगरलाई निर्माण गर्नेकृषिमा साझेदारि कार्यक्रम सञ्चालन गरि कृषि उद्यम लघु उद्यमको बिकास गर्ने समग्रमा पर्यावरण मैत्रि कार्यक्रम सञ्चालन गर्ने योजना गरेको छ ।

  • संगसगै हाम्रो नगर काईनाईट, तुर्मालिन ,ग्रिन आदि जस्ता खनिज प्रदार्थको सम्भावना प्रयाप्त मात्रामा रहेको छ । खनिज उत्खननमा जोड दिने योजना छ । वन श्रोत अर्को बलियो पक्षय हो । त्यसको सदुपयोग बाट नगरको भाबि श्रोत ब्यबस्थापन गर्ने कलपना रहेको छ । जडिबुटि हाम्रो अर्को महत्वराख्ने श्रोत हो यि सबै श्रोतको ब्यबस्थापन गर्ने योजना बनाएको छु । 

 ६) तपाईले निर्धारण गरेका छेडागाडका कुनै गौरवका योजनाहरु मध्य कार्यन्वयनका लागि कस्तो योजना बनाउनु भएको छ ? 

स्थानिय आर्थिक समृद्विलाई उठाउने गरि स्थानिय सम्वाद समिति गठन गर्ने र जनताको प्रत्यक्ष सँलगनतामा कार्यक्रम सँचालन गर्ने योजना बनाएको छु । स्रोत बिनाको अधिकारको अर्थ रहदैन अधिकारको उचित प्रयोगका लागि श्रोतको आबस्यक प्रर्दछ । त्यसका लागि स्थानिय श्रोत हाम्रो प्रचुर संभावनाको क्षेत्र हो । सरुगाड, छेडागाड, गर्खाकोट खोला, लम्ती खोला, आसि खोला, कालढुङ्गा खोला, साल्मा खोला जस्ता अविरल श्रोतहरु छन । तिनको प्रयोगमा ध्यान केन्द्रित भयको छ । संगसगै हाम्रो नगर काईनाईट, तुर्मालिन ,ग्रिन आदि जस्ता खनिज प्रदार्थको सम्भावना प्रयाप्त मात्रामा रहेको छ । खनिज उत्खननमा जोड दिने योजना छ । वन श्रोत अर्को बलियो पक्षय हो । त्यसको सदुपयोग बाट नगरको भाबि श्रोत ब्यबस्थापन गर्ने कलपना रहेको छ । जडिबुटि हाम्रो अर्को महत्वराख्ने श्रोत हो यि सबै श्रोतको ब्यबस्थापन गर्ने योजना बनाएको छु ।

७ ) छेडागाड नगरपालिकामा पर्यटन बिकासको सम्भावना के –कस्ता छन ?

यो नगरपालिका  पर्यटकिय क्षेत्रको प्रचुर सँभावना रहेको नगर हो । दैलेख जाजरकोटको सिमाना मा पर्ने सुयाडा मा रहेको मालिका मन्दिर र र मालिका चुचुुरोलाई द्वस्यावलोकन क्षेत्र बनाउने त्यहाँको पौराणिक्ता उजागर गर्ने साथै वडा न ३ मा रहेको शिभ गुफा वडा न ८मा रहेको ढुङ्गे देवलहरु मक्षाइनाको प्रस्थान मालिका स्थान ,कार्किगाँउको कालिका स्थान , देबि देवताको उद्यगम थलो नदाई दह जस्ता क्षेत्रहरुको निर्माण र ब्यबस्थापनर प्रचार गर्नसकियो भने यहाको पर्यटन बिकास भई छेडागाडलाई समृद्वि बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने त्यसैले पर्यटन बिकास पनि छेडागाडको योजनामा समाबेस भएको क्षेत्र हो ।

८)छेडागाड नगरपालिका आफैमा शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा पछाडि परेको नगरपालिका हो । यो नगरपालिका बाट बर्र्षेनि हजारै युवा खाडि मुलुकमा ज्याला मज्दुरिका लागि बाहिरीने गर्दछन उत्त बिषयलाई न्युनिकरण गर्न कस्तो योजना बनाउनु भएको छ ?

पहिलो कुरात नगरपालिकाले सबै बेरोजगारहरु लाई रोजगारि दिन सक्छ जस्तो लागदैनतर रोजगारिका अबसरहरु सिर्जना गर्न सक्छ । त्यसैले रोजगारिको अवसर सिर्जना गर्ने योजना मईले बनाएको छु । घर घर रोजगारि सिर्जना गरि गरिबि घटाई स्थानिय आर्थिक सम्वृद्वि प्राप्त गर्नु स्थानिय नगर सरकारको पहिलो कर्तब्य ठानेको छु ।त्यसको लागि कृषि र श्रम्मा आधारित लघु उद्यम बिकास ,लघु घरेलु तथा साना उद्योगको बिकास जस्ता  सीपमुलक तालिमहरु सञ्चालन गर्ने बजेट बिनियोजन गरियको छ । यसले रोजगारिका अवसर सिर्जना गर्दछ ।

९) छेडागाड नगरपालिकाको प्रथम नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । यस नगरमा हजुरको कार्यकालमा यहाँका जनतालाई स्थानिय सरकारको कस्तो अनुभुत गराउनकाम गर्नु हुन्छ ?

सर्ब प्रथम म यस नगर प्रमुखको हैसियदले छेडागाड नगरपालिकामा हामि योजनाको प्रोफाईल गर्ने नितिगत काम गर्नेछौ र आन्तरिक राजश्वको लेखाजोखा पाँच वर्षसम्म काम गर्ने आबदिक योजना गर्नेछौ । नगर सभा बाट बिनियोजित बजेटमा तोकिए अनुसारका कामहरुलाइ प्रथामिक्ताका आधारमा कार्यान्वयन गदै जानेछौ कृषि स्वास्थ्य शिक्षा वन वातावरण यातायात खेलकुद सास्कृतिक सम्भावनाका  क्षेत्रमा दीर्घकालिन गुरुयोजना निर्माण मौलिक सुधार कार्यक्रम सञ्चालन हुने छन । नयाँ सँरचनामा जन प्रतिनीधिले निर्वाह गर्ने जनपक्षिय कार्यशैलि र कार्यक्रमले जनताम परिवर्तनको नौलो अनुभुति हुने छ । यस अर्थमा  छेडागाड नगरपालिकालाई साचिकै स्थानिय  सरकारको  अनुभुत गराउन पर्याप्त सहयोग गर्छ भन्ने मलाई लाग्छ ।

१०) अन्तमा हजुरले केहि भन्न चाहनु हुन्छ ?

तपाईको अनलाइन  पत्रिका मार्फत छेडागाड नगरपालिका ले निर्माण गरेका र गर्न लागेका कार्यक्रमहरु सार्वजनिक गरि सबैका बिचमा प्रसारण दिने जुन अवसर गर्नुभयो । म त्यसकालागि तपाँई र तपाँईको अनलाइन  पत्रिकालाई म ब्यक्तिगत र छेडागाड नगरपालिकाको तर्फबाट धन्यबाद ब्यक्त गर्न चाहानछु । साथै नयाँ उर्जा हौसलाका साथ छेडागाड नगर निर्माणको अभियानमा जुटन सबै छेडागाड नगर बासिलाई हार्दिक आवान गर्दछु । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ नगरका नागरिक पनि हरेक बिकास निर्माणका काममा  सचेत हुनुपर्दछ नगरसभा बाट बिनियोजित बजेट सदुपयोगको लागि सबै सजक रहन समेत म हार्दिक अनुरोध गर्दछु । यस नगरको बिकासको लागि सम्बन्धित सरोकारवाला सबैलाई छेडागाड नगर योजना कार्यान्वयनका लागि सकारात्मक योग्दान गरिदिनुहुन पनि अनुरोध गर्न चाहान्छु । धन्यबाद !!


ताजा समाचार