Loading... आजः बुधबार, कार्तिक ३, २०७८

टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

जाजरकोट, १४ असोज/ नेपाल पञ्चांग निर्णायक समितिले दसैंको टीकाको उत्तम साइत अाज विहान ११ बजेर ५५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको छ ।
अाज (विजया दशमी) बिहान ११ बजेर ५५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए ।
विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ ।


ताजा समाचार