Loading... आजः मङ्लबार, असार ८, २०७८

जुनिचाँदेमा भब्यका साथ नवदुर्गाकाे पुजापाठ हुँदै (फोटो फिचर)

 रेशम बहादुर खड्का, जाजरकोट १३ असाेज । जाजरकोट जिल्लाकाे सदरमुकाम खलंगा देखि २२ काेष पश्चिममा रहेको जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादहमा नवदुर्गा भवानीकाे पुजा भईरहेकाे छ । ‌

पुख्र्यौली राजाचङ्खराज राजा र रेखाल राजाको पालादेखि बिष्ट र भाट जातिले नवदुर्गा भवानी पुज्दै अाएका थिए । पछि अायर चङख राज र रेखाल राजा बिच बिबाद भएकोले रेखाल राजा काे अन्त्य भएको ४ पुस्ता पहिले देखि हालसम्म खड्का र बिष्टले पुजा गर्दै अाएकाे स्थानीय हरुकाे भनाइ रहेको छ ।

पहिले देउवा भएको र राजा बिचकाे बिबादमा राजा रेखल काे अन्त्य गरेर खाण खेलेर खड्का नामाकरण गरिएकाेले हाल सम्म उक्त जातिहरुले पुज्दै अाएका छन । ‌प्रत्येक बर्षकाे बिजया दशमीकाे नवमि तिथिमा पुजापाठ गर्दै अाएका छन ।

नव दुर्गा भवानी काे पुजा गर्नाले राेजगारि, शिक्षा, स्वास्थ्य बालबालिका लागाएतकाे माग राखेर पूरा हुने बिश्वास रहेको छ । दुर्गा भगवती लाई बलीकाे रुपमा राँगा बाेका लगाएतका २० वटा जति प्रत्येक बर्ष काट्ने गरेको स्थानीय अगुवा सिंह बहादुर खड्काले जानकारी दिए।

 


ताजा समाचार