Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

बालापनको दशै रमाइलो, अहिले त दशा जस्तै लाग्छ दशै

बुवा मलाइ दशैमा के किनेर ल्याइदिनुहुन्छ ? तल्लो घरको रिता जस्तै फरीया किनेर ल्याइदिनुनी है । रिताको घरमा त ठुलो बोका पनि ल्याइसक्यो हाम्रो घरमा कहिले ल्याउने रु बुवा जसरी पनि ल्याउनु पर्छ है हाम्रो घरमा पनि । यस्तै यस्तै पाराले सताइ राख्थे बुवालाइ । यो साल पनि दशै आयो तर बुवालाइ भनिन यस्तो । यो साल मात्र हैन । ४, ५ बर्ष जती भयो बुवालाई यसरी दशैमा सताउन छोडेको । रातो माटो कमेरोले घर लिप्दै गरेकी आमालाई आमा हामी मामाघर कहिले जाने ? मामाले चाडै आउनु भन्नु भएको छ । सबै साथीहरु मामा घर गइसके हामी कहिले जाने रु यसरी नै साउथे आमालाइ पनि आमालाई पनि अहिले यसरी सताइदैन ।

जसरी भएपनि नयाँ लुगा चाहिन्छ भनेर कर गरिदैन । दशै त त्यो बेलाको दशै हो । बर्षदिनको एक पटक नयाँ लुगा लगाउन पाइन्थ्यो । बर्ष दिनमा एकपटक ऋण निकालेरै भएपनि बुवाले मासु किनेर ल्याउनु हुन्थ्यो । नयाँ लुगा लगाएर टोलभरी देखाउदै हिडीन्थ्यो । जसको राम्रो लुगा देख्यो त्यस्तै मलाइ पनि चाहिन्छ भनेर रुदै रुदै बुवा आमालाई सताइन्थ्यो । बुवाले दिएको १० रुपैँया, आमाले दिएको ५ रुपैँया लगेर मेला हेर्न गइन्थ्यो । रमाइलो हुन्थ्यो धेरै । न त दुख के हो थाह हुन्थ्यो न त सुख के हो थाह हुन्थ्यो । आमा बुवाले बर्षभरी एक पटक छोराछोरीलाइ खुसि मनाउन कती दु : ख गर्नुहुन्थ्यो थाह थिएन । बस् हामीलाइ चाहि जसरी पनि चाहीन्छ भन्दै कर गरिन्थ्यो ।
अब त वर्षदिनमा दशै आएपनि दशै आएको अनुभव नै गरिदैन । दिन महिना, बर्ष हुँदै उमेरले नि कोल्टे फेर्न थालिसक्यो । दुःख सुख सबै बुझने भइयो अब त बरु दुःख टुप्लुक्कै आएर अघाडी उभिन्छ यस्ता सुद खुसिका पलहरु एकै छिन् आखा अघाडीबाटै हराइदिन्छन् । खोजेर पनि आँखाको अघाडी आउदैन सुख भन्ने चिज अहिले त बर्षको एक पटक आउने दशैमा पनि घर जान समय हुँदैन । जसरी तसरी समय मिलाएर जाम भनेपनि घरमा धेरै बस्न नै पाइदैन । मान्छे जति ठुलो भयो उति नै जिम्मेवारी हुदै जाने रहेछ । दु : ख सुख बुझ्दै जाने रहेछ । पोहोर पनि जान पाइन घरमा यो बर्ष नि जान पाइदैन जस्तो छ आफ्नै कामले ।

बर्ष दिनको एकपटक आउने दशैमा सबै जना घरमा गइसके पढाई वा कामको सिलसिलामा सधै घरबाहिर भएकाहरु पनि गाउँ फर्किसके, बिदेशमा बस्ने जति पनि गाउँ फर्कि सके गाउँमा नौमती बजाहरु घन्कीरहेका होलान, बषौ पछि भेट भएका साथिहरु एकअर्कामा दुःख सुखका कुराकानी गरीरहेका होलान, घरआँगनी लगाएका मखमली पनि मुस्काराइरहेका होलान् गाउँमा साह्रो रमाइलो होला । साथीहरु हसिया लिएर मेलामा बाबीयो काट्दै पिङ मनादै होलान घर नजिकै रहेको रुमामा पिङहाल्दै खेल्नेको ताती लाग्दो हो । बारीमा धान पाकेर पहेको बनेको होला पाकेर भित्र्याउन पनि उत्तिकै चटारोहोला । एकातिर कामको चटारो अर्कोतिर दशैतिहारको उल्लास अहिले गाउँघरमा यस्तै रौनक छाएको होला । घरजाने मन त सबैलाइ लाग्छ नि यो बेला तर के गर्नु सोचेजस्तो कसलाइ कहाँ नै हुन्छ र आमाले घर लिप्दै गर्दा आमालाइ सताएको याद मात्रै त बाकि छ अब मसंग । आमाले त छोडेर गैसक्नुभयो । आमा नहुँनेलाइ त के को दशै के को तिहार । धेरै भयो भेट नभएको दशैमा जसरी पनि आएस है छोरी भनेर आमाले फोन गर्नु अनि पो घर नगएनी गए सरह हुन्छ । आफुलाई त यो रमाइलो यो सुख सानैमा अमासंग रमाएको यादमै गइसक्यो । अहिले त दशै आएपनि दशा आए जस्तै लाग्छ ।

सबैको घरमा रमाइलो भएपनि मेरो घर सुन्य जस्तै होला । आमा भएको घर पो स्वर्ग सरी जुन घरमा आमा नै छैनन् भने त्यो घरमा कसरी खुसियाली आउन सक्ला र रु दशै तिहार मात्र हैनन हरेक चाडपर्व आसुमा बनाउनु पर्ने हुन्छ । सबै साथीहरुले आमाको कुरा गर्दा यो चाडबाडको बेला झनै छाति चर्कदो रहेछ । नसम्झु भन्दा नि याद आउदो रहेछ । त्यहि बालापन जसरी आमाले दशैतिहारमा पकाएको सेलरोटी खान नपाएको नि ७ बर्ष भइसक्यो ।

आमाको हातको आशिर्वाद नपाएको नि यत्तिकै भयो । यो चाडबाडले रमाइलो हैन सधै मनमा सहन नसक्ने पिडा र रोक्न नसक्ने आसुँका धारा बगाएर जान्छ । त्यसैले लाग्छ यो दशै, तिहार चाडबाड नआएकै राम्रो । कमसेकम यो सम्झना त आउन्न । काममा बिजी भएको बेला यस्ता कुराहरु दिमागमा आउदैन । जब सबै रमाउछन् । अनि यो सब पहाड आखै अगाडी आएर उभिन्छ । मैले यस्तो लेखीरहदा कसैलाइ दशैले नै रमाइलो छाइरहेको छ होला सबैजना आफन्तसंग भेटघाट गर्दै भलाकुसारी गरीराख्नु भएको छ होला तपाइ सबैलाइ दशैको सुभकामना ।

लेखिका बैतडीकि पत्रकार हुन


ताजा समाचार