Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

साफ यू १८ च्याम्पियनसिपमा नेपालकाे कब्जा

काठमाडौं । भुटानमा बुधबार सम्पन्न आफ्नो अन्तिम खेल जित्दै नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । प्रतियोगिताको अन्तिम दिन दुवै खेल आफु अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो ।
राउन्ड रोविनको अन्तिम खेलमा भारतलाई २–० ले हराएपछि नेपाल विजेता बनेको हो । त्यसअघि बंगलादेशले नेपालका लागि उपाधि जित्ने बाटो तयार पारिदिएको थियो । नेपाल र भारतको खेलअघि बंगलादेशले भुटानलाई २–० ले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना बनेको थियो ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले बाँकी सबै टोलीलाई हराएको थियो । नेपालसँग हारेको बंगलादेशले बाँकी टोलीलाई हराएको थियो । नेपाल र बंगालदेशको बराबरी ९ अंक भएपछि हेड टु हेडका आधारमा बंगलादेशलाई हराएका कारण नेपाल च्याम्पियन बनेको हो ।

भारतलाई हराउन दुवै गोल दिनेश हेन्जनले गरेका थिए । फ्रिकिकमा आएको बललाई वन टचमा दिनेशले खेल सुरु भएको पहिलो मिनेटमा गोल गरे । उनले नै ३७ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर गरेका थिए । दिनेशले ६ यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दिनेश हेन्जन घोषित भएका छन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।

 


ताजा समाचार