Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

पेशागत पत्रकारिता र पत्रकारहरुको हक हितका लागि सशक्त आवाज उठाउछु : राठाैर

पवन शर्मा, जाजरकाेट ११ । नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रीय सदस्य हरीहर सिंह राठौरले आफु पेशागत पत्रकारिता र पत्रकारहरुको हक हितका लागि सशक्त रुपमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन  शाखा जाजरकोटले बुधबार  आयोजना गरेको दशै शुभकामना अादान प्रदान  तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । महासंघको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले नै  श्रमजिवी पत्रकार ऐन कडाईकासाथ कार्यान्वयन  र पत्रकारहरूकाे शुद्धीकरण  लगायतका निर्णयहरु गर्ने  बताउँदै उनले भने ‘पेशागत पत्रकारिता र पत्रकारहरुको विकासकालागि सशक्त रुपमा आवाज उठाउनेछु ।  जाजरकोटको पत्रकारिता अझैं समृद्ध हुन नसकेको तथा पत्रकारहरुको समुचित प्रतिनीधित्व हुन नसकेको उनले बताए ।

नेपाल प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भिम बहादुर सिंह,  नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष राजेन्द्र कार्की ,   प्रेस चौतारी जाजरकोटका अध्यक्ष दिनेश श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघठन जाजरकोटका अध्यक्ष तिर्थ बहादुर बाेहरा, नेपाल प्रर्यटन पत्रकार संघका केन्द्रीय सचिव दिप बहादुर घर्ती, प्रजिअ पुष्पराज शाहि, उद्योग बाणिज्य संघका अध्यक्ष कमान खड्का, भेरी नपाका प्रतिनिधि  लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका पत्रकार राठाैरलाई  टिका, माला सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रम सञ्चालन सचिव विर्ख बहादुर कार्कीले गरेका थिए ।


ताजा समाचार