Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

शुभकामना कार्यक्रममा नगरको बजेट सार्वजानिक

सरला सुबेदी, काेहलपुर ।    कोहलपुर नगरपालिकाले आज कोहलपुर क्षेत्रका पत्रकार बिच शुभकामना आदानप्रदान कार्यक्रम राखी नगरपालिकाको बजेट पत्रकार माझ सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिका प्रवक्ता एवम वार्ड न ३का अध्यक्ष माधव रिजालले २०७४/०७५ को ५० करोड १ लाख ५१ हजार रुपैया बजेट सार्वजानिक गदै कोहलपुर नगरपालिकाका १५ वटा वडालाई पुर्वाधार बिकाश तर्फ १० करोड ७४ लाख ,चालु तथा प्रशासनिक तर्फ ७ करोड ९८ लाख ९५ हजार,योजना तथा कार्यक्रम तर्फ ३१ करोड २८लाख ९५ हजार,शिक्षा तर्फ ९ करोड ९२लाख ५२ हजार,स्वास्थ तर्फ ६१ लख ७१ हजार, पशु बिकाश तर्फ ८३ लाख ५ हजार, गोलपार्कमा घण्टाघर निमार्णका लागी ३० लाख, कोहलपुर चौराहमा आधुनिक पार्क निमार्णका लागी ४२ लाख ५० हजार, कोहलपुर नगरपालिका वार्ड न २ मा रंगशाला र कबर्डहल निमार्ण निमार्णका लागी ५० लाख विभिन्न वडामा सडक कालोपत्र निमार्णका लागी ४ करोड ८५ लाख ४१ हजार, फोहर मैला व्यवस्थापनका लागी ३६ लाख ५ हजार,बिपद व्यवस्थापन तर्फ १० लाख,वातावरण संरक्षण तर्फ ५१ लख ६० हजार,तटबन्धन तर्फ १करोड ३० लाख रुपैया छुट्टयाएको बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले नगर सभाले पास गरेको बजेटमा भएका चुनौतिलाई नगरबासी बिच छलफल गरि कोहलपुरको समग्र बिकास गर्ने प्रतिबद्धता व्यक्त गदै आउदै गरेको दशै ,तिहार, छ्ठ पर्व र इस्लामिक नंया बर्षको मोहरमको शुभकामना दिदै पत्रकार र नगरपालिको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने बताए । सोहि कार्यक्रमा कोहलपुर नगरपालिका उपप्रमुख संन्जु कुमारी थारुले कोहलपुर नगरलाई सबृद्धि नगरका रुपमा बिकाश गर्नका लागी कोहलपुर नगरबासिहरु संग र यहाका उद्योगि, व्यापारी, शिक्षक  बुद्दिजिवि बर्ग र पत्रकारहरु सङ्ग हातेमालो गरि अगाडी बढने प्रतिबद्धता व्यक्त गर्दै नजिकिदै गरेको दशै,तिहार,छठ पर्व र इस्लामिक बर्षको शुभकामना दिइन। कार्यक्रममा कोहलपुर क्षेत्रका लगभग सबै पत्रकारहरुको उपस्थिती रहेको थियो।


ताजा समाचार