Loading... आजः आइतवार, कार्तिक १६, २०७७

दशैँ सुरु भएसँगै कपडाको व्यापारमा वृद्धि

असोज १०, जाजरकोट । हिन्दुहरुको महान चाड वडादशैं सुरु भएसँगै जाजरकोटमा कपडाको व्यापारमा वृद्धि भएको छ । चाडवाडका लागि लुगा कपडा किनमेल गर्नेको सदरमुकाममा चहलपहल बढेपछि व्यापारमा वृद्धि भएको हो ।

सदरमुकाम खलंगाको गैरिखाली, ठाँटीबजार, न्युरोड लगाएतका बजारमा अहिले दिनहुँ लुगा कपडा किनमेल गर्नेहरुको भिडभाड रहेको छ । आजभोली ति बजारहरुमा दशैँमा लगाउने कपडा किन्नेहरुको भिड दिनप्रतिदिन बढ्दै गएपछि व्यापारमा वृद्धि भएको फेन्सी पसल सञ्चालकहरुले वताएका छन ।

न्युरोडमा फेन्सी पसल सञ्चालन गर्दै आएकी माया शाहीले अहिले दैनिक ८० देखि एक लाख बराबरको कारोवार भैरहेको वताइन् । त्यस्तै ठाँटी बजारका अर्का व्यापारी दुर्गा श्रेष्ठले अन्य सिजन भन्दा अहिले व्यापारमा वृद्धि भएपनि पहिलेको बर्षको तुलनामा व्यापार कम भएको वताए ।


ताजा समाचार