Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

शिक्षा विधेयक २०७४ को विरुद्ध विद्यार्थीहरु आन्दोलित, एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाए


असोज ९, काठमाडौं । शिक्षा विधेयक २०७४ संशोधनको माग राख्दै विभिन्न विद्यार्थी संगठनहरु आन्दोलीत भएका छन् । सरकारले पारित गरेको शिक्षा विधेयकले विद्यार्थीलाई निरास बनाएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलीत भएका हुन् । प्रमुख सात विद्यार्थी संगठनहरुले शिक्षा विधेयक २०७४ संसोधनको माग गर्दै सोमवार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

अहिले कार्यरत अस्थायी शिक्षकहरुका लागि विधेयकमा राखिएका प्रावधानहरु विद्यार्थीको हितमा नभई सरकारले मनोमानी ढंगले गरेको भन्दै संगठनले ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, अखिल छैठौँ, राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संघ, अखिल पाँचौँ, नेपाल लोकतान्त्रिक बिद्यार्थी संघले निवासमै पुगेर एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । आफ्ना मागहरु सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जाने अनेरास्ववियूका अध्यक्ष नविना लामाले जानकारी दिइन् ।

संशोधित शिक्षा विधेयक ऐन २०७४ असोज ३ को संसद बैठकले पारित गरेको थियो । नवौं संशोधन विधेयकको विरुद्धमा विभिन्न विद्यार्थी संघ संगठनहरुले अपत्ती जनाएका छन् ।


ताजा समाचार