Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

विरगञ्ज महानगरमा समाजवादी फोरमको अग्रता कायमै, ६ सय २८ मतले काँग्रेस पछाडी

असोज ९, पर्सा । देशकै कान्छो महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता कायम राखेको छ । आइतवार विहान देखि नेपाली काँग्रेसलाई पछि पार्दै सोमवार विहान सार्वजानिक मत परिणाम अनुसार काँग्रेस सँगको दुरी वढाउदै लगेको छ ।

प्रमुखमा समाजवादी फोरमले ६ सय २८ मतान्तरले काँग्रेसलाई पछि पारेको छ । ५७ हजार २ सय ३० मत गनिसक्दा फेरमका विजयी सरावगी ले १३२५९ मत प्राप्त गर्नु भएको छ । उपप्रमुख पिंकी यादवले १२४९५ मत प्राप्त गरेका छन् । उनि दोस्रो स्थानमा छिन् ।

काँग्रसका अजयकुमार द्धिवेदीले १२६३१ मत प्राप्त गरेका छन । उपप्रमुख शान्ति कार्की १४३७६ मतका साथ अग्रता लिएकी छिन् । सुरु देखी अग्रता लिएको राजपा भने तेस्रो स्थानमा छ ।

रजपाका राजेशमान सिंहले ८३३६ मत प्राप्त गरेका छन् भने उपप्रमुख रम्भा मिश्रले ७१९४ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेका बसुरुद्धिन अन्सारीले ६३९१ मतका साथ चौथो स्थानमा रहेका छन । त्यस्तै माओवादी केन्द्रका रहवर अन्सारीले ५७०३ मतका साथ पाँचौ स्थानमा छन् ।


ताजा समाचार