Loading... आजः मङ्लबार, असार ८, २०७८

एमाले कोहलपुरकाे शुभकामना आदान प्रदान सम्पन्न

असाेज ८ । नेकपा एमाले कोहलपुर नगरपालिका वडा न.४ले आज आइतवार नजिकिदै गरेको हिन्दु तथा मुस्लिम हरुको पर्व दशै, तिहार, छठ र मोहरमको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित वृहत वडा भेला सम्पन्न गरेको छ।

घर घरमा एमाले अभियान सन्चालन गरेको एमाले बाकेले कोहलपुर ४ मा पाटिका संगठित तथा साधारण सदस्यहरुको उपस्थितिमा भेला तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ। भेलाले वडा नंं ४ का पाटिका बिकाशसिल गतिबिधिहरुलाई चुस्त र कृयाशिल बनाउदै लैजाने निर्णय गरेको वडा नं ४ का अध्यक्ष सफिफ मोहमद गुजरले जानकारी दिए। भेलालाई नेकपा एमालेका प्रदेश नं ५ का निर्वाचन परिचालन कमिटी सदस्य पुजन विश्वकर्माले सम्बोधन गर्दै राष्ट्रिय राजनितिमा एमालेको महत्वपूर्ण भुमिकाले जनताले एमालेलाइ विश्वास र भरोसा गरेको बताए।

भेलाको प्रमुख अतिथी समेत रहेका पुजन बिश्वकर्माले दशै तिहार छ्ठ मोहरम पर्वको शुभकामना व्यक्त गर्दै जनताको मतको कदर गर्दै एमाले ठुलो शक्त्तिका रुपमा आएको र जनताले दिएका सबै अभिभारा पुरा गर्न एमाले तयार रहेको बताए। भेलामा नेकपा एमाले बाकेका सचिवालय सदस्य सुर्य ढकाल, अब्दुल हुसेन खान,बसन्ती अधिकारी,नगर संगठन कमिटी सचिव खिलप्रसाद भुषाल र नेकप एमाले बाकेका पूर्व जिल्ला सचिब गोपाल गिरि लगाएतले भेलालाइ सम्बोधन गर्दै शुभकामना दिएका थिए।
भेला वडा नं ४ का अध्यक्ष सफिफ मोहमद गुजरको अध्यक्षतामा सम्पन्न भएको थियो।


ताजा समाचार